https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, कात्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन् ।

मधेश प्रदेशसभाले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची बनाएको छ । सोनल गएको असोज २९ गते पाँच दलका ५६ सांसदको सर्मथनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

सोनललाई विश्वासको मत प्राप्त गर्न कुल प्रदेशसभा सदस्यको दुई तिहाई मत आवश्यक पर्छ । कुल १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम छन् । बहुमतका लागि ५३ मत चाहिन्छ ।

हाल सरकारमा जसपा नेपालको १८ जना, जनमत पार्टीका ११ जना (दुई छुट्टिएर जनस्वराजमा), माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी) का ७ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य सहभागी छन् ।

सत्तारुढ दलका दुई सांसद अभिराम शर्मा र सरोज सिंह कुशवाह निलम्बित छन् । यी बाहेक नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गर्ने भएका छन् । दुवै पार्टीका प्रदेशसभामा एक–एक जना सदस्य छन् । त्यसअनुसार मुख्यमन्त्री सोनलले विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

सबैभन्दा ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस र जनमतबाट अलग्गिएर बनेको जनस्वराज पार्टी प्रतिपक्षमा बस्ने तयारीमा छ । जनस्वराज र राप्रपाका सांसद तटस्थ रहने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार