https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, कात्तिक १५ गते । बंगालको खाडीमा विकसित चक्रवातको असर अझै यथावत् रहेकाले शनिबारसम्म नै कोशी र मधेस प्रदेश सतर्क रहनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य प्रदेशहरूमा यसको असर विस्तारै कमजोर बन्दै गइरहे पनि केही ठाउँमा सचेत रहनुपर्ने देखिएको छ।

विभागले शुक्रबारसम्म कोशी र मधेस प्रदेशका सबै जिल्लाहरू तथा गोरखा, नवलपुर, नवलपरासी, रूपन्देही जिल्ला सतर्क रहन सुझाएको छ। त्यसैगरी संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापामा सतर्क हुनुपर्ने जनाएको छ।

विभागले आगामी २० गतेसम्मको साप्ताहिक पूर्वानुमान बुलेटिनमा पनि कोशी र मधेस प्रदेशको शुक्रबार, शनिबार ९साताको सुरुवात० मा अधिकांश भागमा पानी पर्ने र आइतबार, सोमबार, मंगलबार र साताको अन्त्यमा आंशिक बदली हुने जनाएको छ। मधेस प्रदेशमा भने शनिबारसम्म मौसम बदली भएर भारी वर्षा हुनेछ। त्यसपछि भने मौसम सफा हुने विभागले उल्लेख गरेको छ। बागमती प्रदेशमा हिमाली र पहाडी भेगमा पनि साताको सुरुमा आंशिक रूपमा बदली भएर भारी वर्षा भए पनि तराईमा भने नहुने जनाएको छ।

साताको अन्त्यमा पनि आंशिक बदली हुने देखिएको छ। तर गण्डकी प्रदेशको हिमाली क्षेत्रमा साताको सुरुमा भारी वर्षा भए पनि अन्त्यमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भए पनि उल्लेखनीय परिवर्तन नहुने जनाएको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले पनि शुक्रबारसम्म मुलुकका अन्य भागमा समेत पानी परे पनि शनिबार भने कोशी र मधेस प्रदेश केन्द्रित हुने जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार