https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास कार्तिक १३ गते । मौसममा आएको परिवर्तनका कारण महोत्तरीको बर्दिवास नगरपालिका – ९, पशुपतिनगरका आलुखेती गर्दै आएका किसानलाई आलु कुहिने डर चिन्ता भएको छ । तीन दिनदेखि आकाशमा बादल लागेर सिमसिमे पानी परेको हुनाले आलु बिग्रने चिन्ताले किसानलाई सताउन थालेको छ ।

स्थानीय किसान इन्दल महतोले दश दिनअघिमात्र दस कठ्ठामा आलु रोपेको बताए । ‘वर्षा भै रहेको छ’, उनले भने, ‘ रोपेको आलुको बीउ नै कुहिने डर छ, निकै चिन्तित छौं, वर्षाले रोपेको आलु त बिग्रिन्छ नै, रोप्नका लागि ठिक्क पारिएको खेतमा पानी जम्ने भएकाले खेती गर्न ढिलो हँुदा उत्पादनमा असर पर्छ ।’

वर्षाले खेतमा पानी जम्ने, आलुको बीउ उम्रिन ढिलो हुने र रोग कीरा बढ्ने समस्या हुन्छ । बर्दिवास नगरपालिकाका कृषि संयोजक घुरन महतोले बताए ।

पशुपतिनगरको आलु प्रमुख नगदे बालीका रूपमा रहेको छ । अनियमित वर्षा र जलवायु परिवर्तनका कारण किसानले काउली खेती गुमाएका थिए ।

सिँचाइ प्रणालीमा सुधार र मौसमअनुकूल प्रविधि अपनाउन सकेमात्र आलुलगायतका तरकारी उत्पादनलाई व्यवस्थित बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार