https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लहान, असोज २७ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले यही असोज २८ गते(मंगलबार) दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको जानकारी दिए ।

सचिवालयकाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार नेपालको संविधानको धारा, १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को (४) बमोजिम मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सञ्चालनको आह्वान गरिएको हो ।

यसअघि मधेस प्रदेशमा नयाँ सरकार गठन गर्न तीन दलले संयुक्त रूपमा दाबी पेस गरे । प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरिसकेका छन् ।

गत्त बुधबार तीनै दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न औपचारिक दाबी पत्र बुझाएका हुन् ।

दाबी पत्रअनुसार मुख्यमन्त्रीमा प्रस्तावित यादवलाई नेकपा (एमाले) का २३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ गरी कुल ५८ जना प्रदेश सभा सदस्यको समर्थन छ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठन गर्न ५४ सदस्यको मत आवश्यक पर्छ । गठबन्धनसँग स्पष्ट बहुमत रहेको दाबी पत्रमा उल्लेख छ ।

प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

कांग्रेसले एमालेका २३, कांग्रेसका २२ र जनमत पार्टीका १३ सहित ५८ प्रदेशसभा सदस्यको सर्मथन रहेको तीन दलीय दावी पत्रअनुसार मुख्यमन्त्री सतिशकुमार सिंहको पनि समर्थन देखिन्छ । कारण मधेस प्रदेशसभामा १३ सिटको जनमत पार्टीमा मुख्यमन्त्री सिंह पनि छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहलाई आफ्नै पार्टीले मुख्यमन्त्रीबाट फिर्ता बोलाए पनि राजीनामा नदिएर विश्वासको मत लिने अडानमा छन् । दावी पत्रमा जनमतबाट १३ जनाको समर्थन रहेको भनिए पनि मुख्यमन्त्री सिंहले आफ्नै विपक्षमा मतदान गर्लान् ? अर्को तर्फ नेपाली कांग्रेसका सबै २२ सदस्यले तीन दलीय समीकरणमा बन्ने मुख्यमन्त्री यादवको पक्षमा मतदान गर्लान् ? यी विषयले मधेस प्रदेशको आगामी सत्ता समीकरण जटिल तर रोमाञ्चक बनाएको छ ।

यता, जनमत पार्टी संसदीय दलको नेता महेशप्रसाद यादवले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्लान् भन्ने आशंकालाई मत्थर पार्न कानूनी बाटो अबलम्वन गरी नयाँ सरकारका लागि दाबी पेस गरेको बताए । ‘प्रदेशसभा विघटन गर्ने गाइँगुइँ सुनिन थालेपछि हामीले प्रदेश प्रमुखलाई पनि यसतर्फ सचेत गराउन अगावै सरकारको लागि दाबी पेस गरेका छौँ’, उनले भने ।’

दलीय राजनीतिमा दलको सबै सदस्यको गणना हुन्छ । प्रदेशसभामा जनमत पार्टीको १३ सांसद छन् । पार्टीले दिएको निर्देशनअनुसार कुनै पनि सदस्य काम नगरे वा फ्लोर क्रस गरे कारबाही हुने प्रावधान रहेको उनले बताए ।

‘पार्टीको निर्देशन र ह्वीपको विरुद्धमा गएर कुनै पनि सांसदले मतदान गरे स्वतः पद जान्छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय कमिटीमा पठाउनु नै पर्दैनन् । दलकै कार्यालयबाट पदमुक्त भइहाल्छ ।’

यसअघि मुख्यमन्त्री सिंहहलाई दलको कार्यालयले पनि कारबाही गर्न पार्टीको केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । यो सिफारिसअनुसार छानबिन समितिले पार्टीमा प्रतिवेदन बुझाएको र त्यहीअनुसार काम अगाडि बढिरहेको उनले बताए । – nagariknews

प्रतिक्रिया

सम्बन्धित समाचार