धनुषा, असोज २७ गते ।
धनुषाको मिथिला नगरपालिकाकामा शिक्षकहरुले तलब भत्ता माग गर्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।
शिक्षकहरु मिथिला नगरपालिकाको कार्यालय परिसरमै बसेर धर्नामा बसेका छन् । शिक्षक आन्दोलन परिचालन समित मिथिलाका संयोजक रामप्रसाद खरेलले तलब भत्ताको रकम खातामा जम्मा नभएसम्म धर्ना कार्यक्रम जारी रहने जानकारी दिए । उनका अनुसार पटकपटक तलब भत्ता माग गर्दा पनि नगरपालिकाले कुनै ध्यान नदिएकाले अन्ततः बाध्य भएर धर्ना बस्नुपरेको छ । उनले भने, ‘दशैँ–तिहार जस्ता चाडपर्वमा पनि तलब नपाउँदा हामीहरू आर्थिक संकटमा परेका छौँ ।
संघीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबीचको आन्तरिक मतभेदका कारण रोकिएको हो । शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गरे ।



