https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास, असोज २६ गते ।

महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा आइतबार राति दुई घरमा चोरी भएको छ। स्थानीय नथुनी महतो र अलाउदिन अंसारीको घरमा मध्यरातमा अज्ञात समूहले चोरी गरेको हो।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार, राति करिब १ बजेतिर भएको चोरीमा महतोको घरबाट करिब २ लाख रुपैयाँ बराबरको सुनका गहना र नगद चोरी भएको छ। त्यसैगरी, अंसारीको घरबाट भने ३ लाख ५० हजार रुपैयाँ नगद र करिब ७ लाख रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको जनाइएको छ।

चोरी भएको खबर पाएलगत्तै प्रहरी निरीक्षक राजेशकुमार बास्तोलाको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र उनीहरूलाई चाँडै पक्राउ गरिने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार