काठमाडौं, असोज २६ गते । सर्वोच्च अदालतले पर्सिदेखि रिट दर्ता गर्ने भएको छ ।
आइतबार बसेको पूर्ण बैठकले रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने सूचना प्रकाशित गरिएको छ ।



