https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास नगरपालिका–९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाले विद्यालय परिसरमा जबर्जस्ती प्रवेश गरी अशान्ति फैलाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विद्यालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेनेजी आन्दोलनका क्रममा मृतकको सम्झनामा विद्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय राष्ट्रिय शहीद मनाइदै गर्दा बर्दिबास नगरपालिका ९ पशुपतिनगरका बर्ष ३० का उपेन्द्र कुमार सिहले  विद्यालय परिसरमा जबर्जस्ती प्रवेश गरी अवाञ्छित गतिविधि गरेको जानकारी दिएको छ।

विज्ञप्तिअनुसार विद्यालयको शान्त वातावरण, सामाजिक सद्भाव, शैक्षिक र नैतिक मर्यादामा प्रतिकूल असर पार्ने गरी गरिएको उक्त गतिविधि अस्वीकार्य भएको स्पष्ट पारिएको छ। त्यस्तै विद्यालय परिवारको अपमान गर्ने, भ्रामक समाचार सम्प्रेषण गर्ने, सामाजिक सञ्जालमार्फत गलत हल्ला फैलाउने कार्यको पनि खण्डन गरिएको छ।

विद्यालयले फेसबुकमार्फत विद्यालयको वातावरण बिगार्ने गतिविधि तत्काल बन्द गर्न र भ्रामक सामग्री हटाउन आग्रह गर्दै यसरी गरिएको असत्य प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। साथै, सो गतिविधि नेपालको ऐन–कानून विपरीत रहेको हुँदा यदि तत्काल सच्याइ नगरे कानुनी कारबाही हुने चेतावनी पनि विद्यालयले दिएको छ।

विद्यालयले शान्त र मर्यादित वातावरण कायम गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै असत्य प्रचार–प्रसारले आफू र समाजलाई मात्र होइन, समग्र शैक्षिक वातावरणलाई हानि पुर्‍याउने प्रष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार