
रोशन कुमार महतो
बर्दिबास असर १७ गते।
महोत्तरीको बर्दिबास नगरपालिका अन्तर्गत वडा नं. १२ र १३ मा पर्ने ऐतिहासिक गाउँ विजलपुरामा प्रत्येक असारमा अखारी पुजा हुन्छ । धार्मिक र सामाजिक चेतनाले एकजुट भएर स्थानिय पुजाको तयारिमा जुट्छन १५ दिन अगाडिबाट । एकताको केन्द्र हुन्छ महरानी थान ।
जहाँ अखारी पूजाको परम्प।रा पुस्तौंदेखि चली आएको छ । श्रद्धा, विश्वास, समर्पण र सामाजिक एकताको प्रतीक बनेको छ महरानी थान । यसपालिको अखारि पुजा सोमबार धुमधामका साथ सम्पन्न भयो ।
असारको यो विशेष दिनमा गाउँलेहरू सामूहिक रूपमा नगर डिहबार अर्थात ब्रह्मबाबा लगात विभिन्न देवीदेवताको पुजा गर्छन् । विधिपुर्वक मनाइने यो पुजाबाट गाउलेहरु गाउँको समृद्धि, शान्ति र सद्भावको कामना गर्छन ।
स्थानीय छेदी चौधरी भन्छन्, “हामी १०–१५ दिन मेहनत गरेर गाउँभरि चन्दा उठाउँछौं। त्यसैबाट तीन क्विन्टल चिनी किनेर लड्डु बनाउँछौं, १५० लिटर दूधको खीर पकाउँछौं, र सबै भक्तजनमा प्रसादी वितरण गर्छौं।”
परम्परा मात्र होइन, भावना पनि हो अखारी पूजा ।
स्थानीय हजारी महतोका अनुसार, यो थान जंगलपालादेखि नै पूजिँदै आएको थान हो। उनी भन्छन्, “यहाँ भाकल गर्छन् । भाकल पूरा भएपछि भक्तजनहरू देवीप्रति आस्था प्रकट गर्न आउँछन्। देवीको चमत्कारको अनुभूति हामीले प्रत्यक्ष गरेका छौं। मन्दिर पुरानै भए पनि आस्थामा कुनै कमी छैन।”
बिजलपुराबासिको यति पवित्र स्थल महरानी थान जीर्ण अवस्थामा छ। मन्दिरका मुख्री पुजेरी सिंघेश्वर महतो भन्छन् , “पहिले यहाँ जंगलमात्र थियो, हामी गाउँलेहरु सानो मन्दिर बनाएका छौं। तर अब मन्दिरको पर्खालमा चिरा परिसकेको छ, संरचना जिर्ण बन्दैछ।”
स्थानीय राजकुमार पासवानले मन्दिर सानो भएकाले पछाडि सारेर विस्तार गर्ने योजना बनाइरहेको जानकारी दिए । केही दिन पहिले मधेस सरकारका भौतिक पुर्वधार विकास मन्त्री सरोज यादव महरानी थानको भ्रमण गरेर मन्दिरको विकासमा ध्यान दिने प्रतिबद्धता जनाएका थिए ।
अर्का स्थानीय बुधेश्वर महतोले भन्छन् , “हामी यहाँ दशैंभरि लगातार धुप, अगरबत्ती देखाउँछौं। शुभ कार्य सकेपछि गाउँले यहीँ पूजा गर्न पनि आउँछन्। यहाँका काजकर्ता १० दिनसम्म मन्दिरमा साधना गर्छन्। सबै मिलेर पूजा गर्छौं, यही हाम्रो शक्ति हो।”
स्थानीय जनताको साझा गुनासो छ — “हामी धेरै पटक स्थानीय सरकारसँग माग ग¥यौं, तर सहयोग पाएका छैनौं। यदि सरकारले साथ दियो भने, मन्दिरको पुनर्निर्माण सजिलै सम्भव हुन्छ।”