
काठमाडौ – जनमत पार्टीको शुभेच्छुक संगठनको रूपमा रहेको प्रेस जनमत संघले २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ। आइतबार पार्टीको केन्द्रीय सचिवालयको निर्णयअनुसार गठित उक्त समितिमा देशका विभिन्न जिल्लाबाट संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति आस्था राख्ने पत्रकारहरूको प्रतिनिधित्व रहेको छ।
गठित समितिको केन्द्रीय अध्यक्षमा सप्तरीका अवधेशकुमार झा, सह–अध्यक्षमा रामनारायण विश्वास, र केन्द्रीय सदस्य सचिवमा महोत्तरीका ललन मण्डल चयन भएका छन्। समितिमा विभिन्न जिल्लाबाट क्रियाशील पत्रकारहरूको समावेश गरिएको छ।
सदस्यहरूमा:
जितेन्द्र खड्गा, मनोज मरबैता, सुमित मिश्र, अनिल पाण्डे, केशव लुइँटेल, शम्भु पण्डित, शेख मोजिबुल्लाह, मुना ठाकुर, संजय यादव, श्यामल कुमार गिरी, बिजेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार साह, चन्दन रजक, चन्दन रौनियार, भोगेन्द्र साह, विमला कुमारी र रिना कुमारी केसी रहेका छन्।
प्रेस जनमत संघले स्वतन्त्र, उत्तरदायी र लोकतान्त्रिक सञ्चार प्रणालीको प्रवर्द्धन गर्दै पार्टीसँग सहकार्य गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, संघका जिल्ला र प्रादेशिक समितिहरू पनि क्रमशः गठनको प्रक्रियामा रहेको जानकारी दिइएको छ।