बर्दिबास । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले असहाय, गरिब, बिपन्नहरूको लागि निशुल्क कानुनी सहायता प्रदान गर्दै आएको बताएका छन् ।
सप्तरीको महादेवा गाउँपालिका न्यायीक समितिद्वारा महादेवा गाउँपालिका १ स्थित पकरीमा शुक्रबार आयोजित समुदायमा मुख्य न्यायाधीव्क्ता सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मधेश प्रदेश सरकारको कानुन निर्माण तथा सरकारलाई सुझाव सल्लाहलगायत सरकारमाथि लाग्ने मुद्वा सवालमा सरकारको तर्फवाट काम गर्ने गरेको बताए । न्यायाधिबक्ता महतोले ८ वटै जिल्लामा नि शुल्क कानुनी उपचारका लागि प्रदेश कानुनी सहायता अधिकृत कार्यालय स्थापना गरेर सेवा दिईरहेको बताए।
मेलमिलाप माध्यमवाट समुदायमा एकता कायम राख्न समुदायमा सबै मिलेर एकजुुट बनाउने काम महादेवा गाँउपालिका न्यायक समितिले गरेको भन्दै प्रशंसा गरे ।संघियाताले स्थानीय सरकार बलियो वनेको भन्दै स्थानीय पालिकाहरूले आफनो कानुन आफै बनाउने अधिकार रहेको उनले बताए ।
महादेवा गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायीक समिति संयोजक अर्चना यादबले न्यायीक समिति जिम्मेवारीको बाटोमा हिँडेकाले यसले जनतामा आशा र उत्साह बढाइरहेको धारणा राखिन ।
‘न्यायीक समितिले जनतामा विश्वास र अनुभूति दिएको ‘ छ’, उनले भनिन् ‘उद्देश्य र नियत राम्रो छ, राजनीतिक चरित्रको भएको हुँदा निष्पक्षताको पाटोमा विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ।’
उपाध्यक्ष यादबले न्यायीक समिति र जिल्ला अदालत तथा कानुनी सहायता अधिकृतको कार्यालय बीच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिईन।
संवाद कार्यक्रममा समाजसेवी हजरत अलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र अस्पतालमा निमुखा जनताले सहज सेवा नपाएको गुुनासो गरे।
‘गरिव, बिपन्न, निमुखाले यस्ता सरकारी निकायवाट कसरी सहज सेवा र निशुुल्क कानुनी उपचार पाउछ उनले भने, ‘जब सम्म पैसा दिईदैन तब सम्म त्यस्ता निकायवाट सेवा पाउन सकेको छैन ।’
स्थानीय युवा अरूण यादबले संघीय व्यवस्था राजतन्त्र भन्दा कडा शासन भएको बताए ।
‘अहिले पनि जनताले सहज रूपमा सेवा प्राप्त गरेको छैन’ उनले भने,’पालिकाले गर्ने योजना र बिकासको बारेमा पारदर्शिता, सुशासन कायम हुन सकेको छैन ।’
स्थानीयवासी देव नारायण यादबले स्थानीय सरकारले गर्ने बिकासिय काममा निगरानी नहुदाँ ब्यापक, अनियमितता, भष्टाचार हुने गरेकोले पारदर्शिता गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा महादेवा गाउँपालिका प्रमुुख प्रशासकीय अधिकृत राजकिशोर साह,महादेवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जसोधर दास, वडा २ का अध्यक्ष जागेश्वर ईसर, वडा ३ का अध्यक्ष राम कुमार यादब, कानुनी सल्लाहाकार केशव दास, युवा नेता सुरेन्द्र यादब लगायतले न्यायीक समितिले दिने सेवा समुदायस्तरमा बिस्तार गर्नुपर्नेमा जोड दिए।



