https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रोशन महतो, पशुपतिनगर । महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरस्थित श्री जन कल्याण आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिपलाल साह निर्विरोध निर्वाचित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य विना देवि महतोसहीत ७ जना विद्यालय व्यवस्थापन समिति सदस्यहरूको मंगलबार विद्यालयको कार्यकक्षमा बसेको बैठकले साहलाई अध्यक्षमा सर्वससम्मत चयन गरेको हो ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिको सदस्यहरूमा पशुपतिनगरका सन्जय महतो,”रिता देवि महतो, ककुलती देवि, रिता महतो निर्विरोध चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष साहसहित सदस्यहरूलाई समाजसेवी विजय कुमार सिंह र विद्यालयका प्रधानाध्यापक फुलमणि देवी महतोले बधाई तथा शुभकामना दिएका थिए ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साहले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक, अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै विद्यालयलाई सबै हिसाबले नमुना बनाउन बनाउदै आउदो बर्षमा कक्षा १ सन्चालनमा आउने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार