https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिबास । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास भंगहा अद्यौगिक करिडोरको कार्य दु्रतगतिमा अगाडि बढने विश्वास व्यक्त गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारीले मंगलवार उक्त निर्माणाधिन बर्दिवास भंगहा अद्यौगिक करिडोरको जग्गा अनुगमन तथा स्थानीयसँग सम्वाद गर्ने क्रममा यस्तो बताएका हुन ।

मन्त्री भण्डारीले, महोत्तरी जिल्लाको समुचित विकासको लागि बर्दिवास भंगहा अद्यौगिक करिडोर एउटा कोशेढुंगा सावित हुने बताए । उनले भने, ‘बर्दिवास भंगहा अद्यौगिक करिडोर महोत्तरी जिल्ला र यस आसपासका जनताको लागि सुनौलो अवसरको बाटो खुल्ला गर्नेछ ।’

महोत्तरी निर्वाचन क्षेत्र नम्बरका २ का सांसद समेत रहनु भएका मन्त्री भण्डारीको पहलमा जिल्लामा विभिन्न विकास निर्माणको काम तदारुकताका साथ अगाडि बढेको महोत्तरी जिल्ला समन्वय समितिका सभापति सुमन कर्णले बताए ।

मन्त्री भण्डारी सहितको टोलीले आम जनताले लामो समय देखि प्रतिक्षा गरेको भंगहा विजलपुरा जोडने रातो नदीको पुल सँगै भुतहा खोलामा निर्माणाधिन पुलको प्रगतिविवरण, अनुगमन तथा स्थानीयसँग सम्वाद गरेका थिए ।

उक्त दुई निर्माणाधिन पुलले स्थानीय जनताको लागि दैनिक आवतजावत गर्न सहजता थप्नुका साथै बर्षाको समयमा नदीमा आउने बाढीले जोखिम कम गर्ने हुनाले स्थानीयले खुशी व्यक्त गर्दै पहलका लागि मन्त्री भण्डारीलाई धन्यवाद दिएका थिए ।

अनुगमनको क्रममा बर्दिवास नगरपालिका नगरप्रमुख प्रलहाद क्षेत्री, भंगहा नगरपालिका उपप्रमुख शान्ती कुमारी सिंह, महोत्तरी जिल्ला समन्वय समितिका सभापति सुमन कर्ण, महोत्तरी जिल्ला प्रहरी प्रमुख तथा महोत्तरी शसस्त्र प्रहरीका एसपीद्धयको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार