https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिजलपुरा । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर –१३ बिजलपुरास्थित पशु सेवा केन्द्रको स्थापना गरिएको छ । कृषि तथा पशुपालनको उर्बर क्षेत्र मानिने बिजलपुरा लगायत क्षेत्रलाई लक्षित गर्दै बर्दिबास नगरपालिकाले पशु सेवा केन्द्रको स्थापना गरेको हो ।

पशु सेवा केन्द्र कार्यालयको बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री, उपमेयर तारा देवी महतो, प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारी, वडा अध्यक्ष लक्ष्मण सिंहसहितले संयुक्त रुपमा उद्घाट गरेका थिए ।

बिजलपुरा, हात्तिलेट, पशुपतिनगरका पशुपालक किसानहरुलाई सेवा दिनका लागि पशु सेवा केन्द्र स्थाना गरिएको मेयर क्षेत्रीले जनाए । आउँदो आर्थिक वर्षमा बर्दिबास नगरपालिकाको दक्षिणी भेगलाई लक्षित गर्दै कृषि तथा पशुपालन क्षेत्रमा बिशेष योजनाका साथ बजेट विनियोजन गर्ने मेयर क्षेत्रीले प्रतिबद्धता जनाएको वडा सचिव जितेन्द्र बरालले जानकारी दिए ।

सेवा केन्द्रकी नायव पशु स्वास्थ्य प्राविधक रस्मिता बस्नेताका अनुसार यस केन्द्रबाट पशुका लागि जुक्काको औषधी वितरण, गोबर परिक्षण, बोका बन्ध्याकरण गर्ने, पशुको उपचार लगायतको सेवाहरु उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार