
अमृत कुमार महतो, बिजलपुरा । मधेसमा गर्मिको पारा बढ्दो छ । गर्मीले बालबालिका र वृद्धवृद्धाहरु निकै समस्यामा छन् । यसैलाई मध्यनजर गर्दै महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ ले जेष्ठ नागरिक र असहायहरुलाई पंखा वितरण गरेको छ । वडा अध्यक्ष लक्ष्मण सिंहका अनुसार ३ सय ३० जना जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै एक ÷एक थान बिजुली पंखा वितरण गरिएको छ ।
छिट्टै सबैलाई बैंक संग समन्वय गरेर घरमै समाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रबन्ध मिलाईने छ ।
बर्दिबास नगरपालिका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री, उपप्रमुख तारा देवी महतोसहितले लाभग्राहीलाई सम्मान गर्दै गर्मी छल्नका लागि पंखा वितरण गरिएको थियो ।
चालु आर्थिक वर्ष २०८२—०८३ को वडा स्तरिय बजेट पाँच लाख खर्चेर पंखा वितरण गरिएको वडा सदस्य ठकाई महतोले बताउनुभयो । उहाँले ऐतिहासिक गाउँ बिजलपुराको सडक, शिक्षा, खानेपानीको समस्या समाधान गर्नु नगर प्रमुखको ध्यानार्षण गराउनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले हाम्रा समाजका जेष्ठ नागरिक भगवान्कै रुप रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकरहरुलाई सबैले माया, पालनपोषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार यसै आर्थिक वर्ष भित्र बिजलपुरा स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरलाई एम्बुलेन्स खरिद गरेर प्रदान गरिने छ । बिजलपुरामा देखिएको खानेपानी समस्यालाई समाधान गर्न प्रयास भइरहेको छ ।