https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं । इतिहासकारहरु लिच्छविकालीन राजा मानदेव प्रथमलाई नेपालको पहिलो प्रामाणिक राजा मान्छन् । अनि, पाँचौं शताब्दीताका उनै मानदेवले ल्याएको मुद्रा ‘मानाङ्‌क’ नेपालको पहिलो मुद्रा ।

लमजुङ, भोटेओडारबाट काठमाडौं आएर चित्रकलामा भविष्य खोजिरहेका ऋद्धिसागर सुवर्णकारले मानाङ्‌कबारे धेरथोर सुनेकै थिए । तर, यसको ऐतिहासिकताबारे ज्ञानको लामो दूरी छिचोलेका थिएनन् ।

अहिले तिनै सुवर्णकार काठमाडौंको मालीगाउँको एक भित्तामा मानाङ्‌क कोरिरहेका छन् । भित्तामा चित्र कोर्नुअघि उनले लिच्छविकालीन मानाङ्‌कबारे बुझे, बनोट हेरे र कुची चलाउन थाले । अब उनी ढुक्क छन्, ‘मैले कोर्दै सिकें । अब यो चित्र हेर्दै अरुले पनि नेपालको पहिलो मुद्राबारे थाहा पाउनेछन् ।’

काठमाडौं महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा अहिले काठमाडौंका विभिन्न ठाउँका भित्ता यहाँको संस्कृति, इतिहास र सभ्यता झल्किने ‘म्युरल आर्ट’ कोरिरहेको छ । यही भित्ते चित्र कोर्ने ‘प्रोजेक्ट’मा करिब एकहप्ता अघिमात्रै जोडिन आइपुगेका सुवर्णकार निकै खुसी छन् ।

सुवर्णकारकै भाषामा भन्ने हो यो उनका लागि पनि ‘सुवर्ण अवसर’ हो । जहाँ उनले आफ्नो कला त देखाउन पाएका छन् नै सँगसँगै काठमाडौंलाई चिनाउन योगदान दिने मौका पनि पाएका छन् ।

‘चित्र पहिले पनि बनाउँथें । बीचमा छोडेर ग्राफिक्स डिजाइनतिर लागेको थिएँ । तर, त्यसमा मजा आएन’, सुवर्णकार भन्छन्, ‘मेरा कामहरु फेसबुकतिर राखिराथें । मन पराएर सहकार्य गरौं न भन्नुभयो । म एकदमै उत्साहित छु ।’ आफैंले रोजेको र खोजेको काम महानगरकै सहकार्यमा गर्न पाउँदा सुवर्णकार पुलकित देखिन्थे ।

छेउमा स्पिकरमा मधुरो गीत सुन्दै उनी थिए, काममा मस्तमगन ! ‘रङ छुँदा, ब्रस छुँदा रमाइलो लाग्छ । छुट्टै खाल्को इनर्जी आउँछ । जति नै तनाव भए पनि, चित्र बनाउँदा रिलिफ फिल हुन्छ’, अनलाइनखबरसँगको भेटमा उनले भने, ‘हुन्छ नि ध्यान बसेजस्तो क्या !’

काठमाडौंको सहरी सौन्दर्य बढाउन महानगरले करिब एक वर्षदेखि विभिन्न सार्वजनिक स्थानका भित्तामा रंगीन चित्र बनाइरहेको छ । चित्र बनाउन महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग २०८० फागुन १७ गते सहकार्य गर्ने सम्झौता गरेको थियो ।

सोहीअनुसार हाँडीगाउँको ऐतिहासिकता झल्काउने गरी कलाकारहरुले अंशुबर्माकालीन कैलाशकुट दरबार, मानदेवको पालाको मानगृह, मानाङ्‌क मुद्रा तथा हाँडीगाउँ जात्राका रंगीन चित्र कोरिरहेका छन् ।

रातु नदी सभ्यतामाथि निरन्तर प्रहार ः रातु खोलाको दोहन रोक्न गाउँलेको माग

प्रतिक्रिया

सम्बन्धित समाचार