https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायकाे आत्महत्याका विषयमा प्रदेश प्रहरीले अनुसन्धान थालेको छ । मधेस प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेर अनुसन्धान अघि बढाएकाे हाे ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ। समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारी सदस्य छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचनाअधिकारी समेत रहेका कोइराला नेतृत्वको छानबिन टोली आज घटनास्थल पुगेको छ ।

उनका अनुसार मृतकको काका राम सेवक सदायले दिएको किटानी जाहेरीपछि इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहनमा अनुसन्धान अघि बढाएको छ ।

गत माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तीन युवकले सामूहिक बलात्कार गरेको कारण छोरीले आत्महत्या गरेको आमाको भनाइ छ ।

स्थानीयले पञ्चायतमार्फत् पीडित परिवारलाई घटना लुकाउन दबाब दिएको थियो । बलात्कृत किशोरी मृत फेला परेपछि मुद्दा कमजोर पार्न प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएको गुनासोपछि प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार