https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दाङ — एमाले महासचिव शंकर पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको विकास गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा मंगलबार सभाहल शिलान्यास गर्दै उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्राविधिक शिक्षामा आकर्षण बढिरहेको उल्लेख गर्दै उनले शिक्षालाई व्यवहारिक र स्वरोजगारमूलक बनाउन आवश्यक रहेको बताए । सीपमूलक तथा प्राविधिक शिक्षाको विकासमा सरकारी र निजी शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनले बताए । लुम्बिनी प्रदेश सरकारको ८० लाख लगानीमा सभाहल बन्न थालेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए ।

मेट्रो कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्न सकिने बृहत् सभाहलको निर्माण थालिएको बताए । कलेज सञ्चालक समितिका अध्यक्ष तथा तुलसीपुर नगर प्रमुख टीकाराम खड्काले स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा आवश्यक संरचना निर्माण गरिरहेको बताए ।

स्रोत ः कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित समाचार