https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकास्थित रातुखोलामा भइरहेको अवैध दोहन रोक्न स्थानीयहरुले स्थानीय सरकारसंग माग गरेकोछ । चालु आर्थिक वर्षका लागि बर्दिबास नगरपालिकाले रातु नदीको उत्खनन गर्न ठेक्का लगाएको छ ।

ठेक्केदारले तोकेको मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गर्दा त्यसको विरोध स्थानीयले गरेका किसाननगरका स्थानीय सुरेन्द्र यादले बताउनुभयो । १२ हजार वर्ष पुरानो रातु नदी सभ्याताको दोहन हुँदा मानस सभ्याता नै संकटमा पर्ने जोखिम बढ्दो रहेको तराई मधेस साँस्कृति अनुसन्धान प्रतिष्ठान बर्दिबासका अध्यक्ष राजकरण महतोले बताउनु भयो । उहाँका अनुसार सभ्यता बचाउनका लागि स्थानीय सरकार गम्भीर बन्नु पर्छ । अवैध उत्खन्न रोक्न स्थानीयहरु गत वर्षा सर्वोच्च अदालत गएका थिए । अदालतमा दायर गरिएको मुद्दा अझै विचाराधिन अवस्थामा रहेको छ ।

तीन फिट मात्रै नदीजन्य पदार्थ उठाउनु पर्ने, ह्वीइक्वीपमेटल प्रयोग गर्न नहुने, पुलबाट पाँच सय मिटर टाढैबाट नदीजन्य पदार्थ निकाल्नु पर्ने, सूर्य उदयदेखि अस्ताउने समयमा मात्रै नदी उत्खनन हुनु पर्ने जस्ता मापदण्ड बनाइएको छ । तर, ठेक्केदारले ती सबै मापदण्ड तोकेका छन् । आइतबार उपप्रमुख तारा देवी महतोको नेतृत्वमा गएको अनुगमन टोलीले ठेक्केदारले मापदण्ड विपरित उत्खन्न गरेको पाइएको हो । ६ फिटसम्म उत्खनन गरिएको, मध्यरातमा पनि उत्खखन गरिएको, पुल नजिकैबाट नदी पदार्थ झिकिएको पाइएको छ ।
तीन फिट गहिराई गरेर मात्र बालुवा, ढुङ्गा, गिटी निकाल्न पाइने गरी बर्दिबास नगरपालिकाले खोला ठेक्का लगाएको बर्दिबास नगरपालिकाका राजस्व शाखाका अधिकृत सजिव बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षमा कानुन र प्रक्रिया पुरा गरेर कूल २ लाख ९४ हजार ६८१ घनमिटर नदीजन्य पदार्थ उत्खन्न गर्ने गरि ठेक्का बन्दोबस्त गरिएको छ । त्यसबाट कूल ८ करोड ४० लाख ९३ हजार १४१ रुपैयाँ (भ्याट बाहेक) राजस्व उठ्छ ।’

उहाँको अनुसार पहिलो चरणमा खोलाको अनुगमन गरिएको छ । कुनै, कुनै ठाउँमा अली बढी नै खनेर नदीजन्य पदार्थ झिकिएको देखिन्छ । ठेक्केदारलाई सचेत गराइएको छ । रातुखोला उत्खननमा भएको कमिकमजोरीलाई सुधार गर्न ठेक्दारलाई निर्देशन दिएको बर्दिबास नगरपालिका उपप्रमुख तारा देवी महतोले बताउनुभयो । उहाँले भन्नुभयो,‘खोला क्षेत्रमा भैरहेको मापदण्ड बिपरित उत्खनन् बारे हामीले अनुगमन गरेको हौं । देखिएको कमिकमजोरी सुधार गर्छौं ।’

पथलैया खण्डस्थित झुलुङ्गे पुल नजिकैबाट नदीजन्य पदार्थ झिकिएको छ । पुल नजिकैबाट खन्न नपाइने बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो , ‘ठेक्केदारहरुले पुल नजिकैबाट पनि नदी पदार्थ उत्खनन गरिएको पाइका छौं । हामीले सचेत गराएका छौं । नमाने कारवाही गर्छौं ।’ जबकी पूलबाट पाँच सय मिटर टाढाबाट मात्रै उत्खनन गर्न पाइने नियम छ । तर, रातु खोलाको पथलैया खण्डस्थित झुलुङ्गे पुलको २ सय मिटर नजिकैबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ ।
अवैध रुपमा हुने खोलाको उत्खननले नदी किनारका बस्ती र खेतियोग्य जग्गा जमिन बाढीले कटाउन, डुवान र बालुको पटानले प्रभावित हुँदै आएको छ ।

जिल्ला अनुगमन समितिका सदस्य समेत रहेका महोत्तरीका प्रमुख जिल्ला अधिकार लालबाबु कवाडीले मापदण्ड विपरित भएका उत्खननलाई तत्काल रोक्ने बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार