https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अमृत कुमार महतो, बर्दिबास । बेसहाराहरुको सहाराका लागि महोत्तरीको बर्दिबासमा जनस्तरबाट ‘हाम्रो माया घर’ को निर्माण कार्य धमाधम भइरहेको छ । स्थानीहरुले करोडौ रकम चन्दा जुटाएर सुविधा सम्पन्न भवन बनाइरहेका छन् । भवन निर्माणका लागि बर्दिबास वडा नम्वर —२ वुद्घ चोकस्थित मनकारीहरुले साढे पाँच कठ्ठा जग्गा दान गरेपछि हाम्रो माया घरको निर्माण कार्य सुरु भएको थियो । साउन ३० गते मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भवनको शिलान्यास गर्नुभएको थियो ।
योजना अनुसारमाया घरको भौतिक निर्माण कार्य पुरा गर्न कुल दश करोड ७४ लाख रुपियाँको खर्च हुने अनुमान गरिएको छ । पहिचो चरणमा अढाई तल्लको पक्की भवन निर्माण भइरहेको छ । पहिलो चरणको भवन निर्माण कार्यमा हालसम्म झन्डै ३५ लाखसम्म खर्च भइसकेकोे निर्माणमा सहभागि स्थानीय समाजसेवी चेत बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार साढे २ तल्लाको भवन निर्माण हुन्छ । जसमध्ये तलको तल्लामा हल र माथिको दोस्रो तल्लामा बासका लागि कोठा निर्माण भइरहेको छ ।
माया घर निर्माणका लागि आर्थिक स्रोत जुटाउन साउनमा शिव पुराण महायज्ञ लगाइएको थियो । खर्च कटाएर त्यहाँबाट नगद र जिन्सी गरेर कूल २ करोड रुपियाँ आर्जन भएको थियो । त्यसैबाट पहिलो चरणको भवन निर्माण कार्य सुरु भएको हाम्रो माया घर निर्माण समितिका संयोजक शम्भु भट्टाईले बताउनुभयो । उहाँले भन्नुभयो,‘सडकमा भेटिने व्यक्तिको पनि हाम्रो जस्तै सपना हुन्छ । राम्रो खाने र राम्रो ठाउँमा बस्ने ।र , बाध्यताले सकडमा आइपुगेकाहरुलाई बास दिनु हाम्रो पनि कर्तव्य हो । यो मनोभावले हामीले हाम्रो माया घर निर्माण गरिरहेको हौं ।’
भावन निर्माणका लागि बर्दिबास नगरपालिकाले पनि सहयो गर्ने भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीका अनुसार मधेस प्रदेश सरकारसंग सशर्त अनुदानमा भवन निर्माण शीर्षकमा ५० लाख बजेट माग गरिएको छ । बजेट आउन ढिलो भए तत्कालका लािग बर्दिबास नगरपालिकाले निर्माण कार्यमा २० लाख बजेट उपलब्ध गराउने छ ।
भवन निर्माण हुने भन्दा अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिवात्व समितिले लिने तयारी भइरहेको प्रमुख क्षेत्रीले बताउनुभयो । ‘बर्दिबासमा हाम्रो भवन निर्माण नभएसम्मका लागि इटहरीस्थित मायाघरमा व्यवस्थित गर्छौं,’ उहाँले भन्नुभयो ।

जसको कोही छैन । उसका लागि बर्दिबासबासी उभिन्छ, काँध थप्छन् र साहारा बन्दछन् भन्ने मर्मसहित सारा स्थानीयहरु माया घरको निर्माणका आफुसंग भएको नगद र जिन्सी सहयोग गरेर सघाइरहेको हाम्रो माया घर बर्दिबास महोत्तरीका अध्यक्ष कृष्ण प्रसाद गौतमले सुनाउनुभयो । उहाँका अनुसार गत वर्ष दर्जन स्थानीयहरूले ढेड करोड बराबरको साढे ५ कठ्ठा दान गरेपछि माया घर निर्माणका लागि साउनमा महायज्ञ लगाइएको थियो । राधिका फाउण्डेशन मार्फत संचालित सडक मानव र हिंसा पीडितहरका लागि आश्रस्थल निर्माण गर्ने पुन्ति अवधारण अन्तर्गत बर्दिबासमा पनि हाम्रो मायाघर निर्माण हुन लागेको अध्यक्ष गौतमले बताउनुभयो ।
‘सडक तथा सार्वजनिक स्थलहरुमा कोही पनि दुःखी मानवहरु नदेख्नु भन्ने हाम्रो चाहना छ । यदि कुनै कारणबस सकडमा बेसहारा भएर कोही आइहाल्छ भने उहाँको उद्दार गर्दै सम्मानित जीवन बाँच्न र सुरक्षका लागि हामीले आश्रय स्थल बनाइरहेका छौं ,’ उहाँले गोरखापत्रसंग अध्यक्ष गौतमले भन्नुभयो, ‘समाजमा मानवीयता जागृत गराउनु पनि हाम्रो माया घरको अर्को मुख्य उद्देश्य हो । हरक कोहीँले व्यक्ति सकारात्मक असोँचाइ र चिन्तनबाट पे्रेरित भएर असहाय बालबालिका, बृद्घबृद्घा र मंन्सिक सन्तुलन बिग्रिएकाहरुलाई नयाँ जीवन दिनसक्नु पर्छ । त्यसैको प्रयासमा हामी लागेका छौं ।’ दाता र सरकारबाट छिट्टै भवन निर्माण गरेर संचालनमा ल्याउन हरसम्भव प्रयास भइरहेको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार