https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बरहथवा (सर्लाही) ।  इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ ।

उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयो ।

विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताउनुभयो ।

उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले उद्योगसँग मिलेर उखु किसानको लागि सिँचाइ, प्रविधि र उन्नत बीउविजन उपलब्ध गराउने योजनामा रहेको हरिवन नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो ।

सर्लाहीमा हरेक वर्ष ६४ हजार हेक्टरमा उखु उत्पादन हुँदै आएको छ । जिल्लाको हरिवनमा इन्दुशङ्कर, धन्कौलमा अन्नपूर्ण र गोडैतामा महालक्ष्मी चिनी उद्योग सञ्चालित छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार