https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं– बेलायतका राजकुमार एडवार्ड मंगलबार आज श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन्।

एडवार्ड श्रीमती सोफियासहित आज नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दियो । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन् ।

गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

बेलायती राजपरिवारको वेब साइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो।

राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार