https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

वर्दिवास, महोत्तरी । आदिवासी जनजाती पत्रकार महासंघ ९फोनिज० महोत्तरीको अध्यक्षमा ललन मण्डल चयन भएका छन् । शनिवार वर्दिवासमा आयोजित एक समारोहकाबीच सर्वसम्मत रुपमा महोत्तरी जिल्ला अध्यक्षमा मण्डललाई चयन गरिएको हो ।

समितिको सचिवमा रंजित कापर, कोषाध्यक्षमा निरुता चौधरी, सदस्यहरुमा रिता लामा, सुभद्रा भुजेल, राजकुमार मोक्तान र ऋषिकुमार मण्डल रहेका छन् । समितिमा वाँकी रहेको पद चाँडै नै वाँडफाँड गरिने अध्यक्ष मण्डलले जानकारी दिएका छन् । सल्लाहकारको रुपमा संजित मण्डललाई चयन गरिएको हो ।

त्यस्तै वैठकले ३ सदस्यीय प्रदेश अधिवेशन प्रतिनिधी चयन गरिएको छ । जसमा ऋषिकुमार मण्डल, निरुता चौधरी र राजकुमार मोक्तान रहेका छन् । मनोजकुमार थापा र रीता लामालाई केन्द्रिय अधिवेशन प्रतिनिधीमा चयन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार