https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अमृतकुमार महतो, बर्दिवास । मेला, महोत्सव नेपाली समाजको पहिचान हो । समाजिक एकता अनि स्थानीय उत्पादनको बजारीकरणको माध्यम पनि हो । सांस्कृति प्रदर्शन अवसर त छ्दैछ । तर, महोत्तरीको बर्दिबासेलि जनता र व्यपारी नेतृत्वहरु मेला महोत्सवलाई खेलाची बुझेका छन् । आयोजन हुन लागेको बर्दिबास महोत्सव शुक्रबार बर्दिबासको स्थानीय सरकारले तत्कालका लागि स्थगित भएको जनाएको छ ।

जसले गरेपनी, जो आयोजक भएपनी हुन लागेको पाँचौं बर्दिबास महोत्सव नै थियो । खुट्टा तान्ने महारोगले ग्रसित स्वार्थले प्रेरित झुन्डले बर्दिबासको बिकास कहिले चाहेनन् । कुनैबेला बर्दिबासका समाज जसरी अरुको घाउमा मल्हम लगाएर खुशि मनाउथ्यो । हो, अहिले केहि मान्छे आफ्नै घरमा आगो लगाएर खरानिको व्यपार गर्न खोजेको चर्चा छ । आखिर घर कसको जल्छ ? बर्दिबासबासिकै । बेघर को हुन्छ ? बर्दिबासबासी नै । यो सब कुरा थाहा हुँदा हुँदै पनि बर्दिबास बिकासका लागि आयोजन हुन लागेको पाँचौं बर्दिबास महोत्सव स्थगित गराएर घर जलाएर खरानिको बजार गर्नु जस्तै हो ।

महोत्सव केवल महोत्सव मात्रै होइन यो बर्दिबास चिनाउने माहौल पनि हो । महोत्सवमा देखिएको गतिरोध चिर्न शुक्रवार बर्दिबास नगरपालिकाले बोलाएको सर्वपक्षिय बैठकले तत्कालका लागि महोत्सव स्थगित गरिएको थियो । यो अहिलेलाई ठिकै लागेपनी हामी कति कमजोर छौ भने उदाहरण बन्न पुगेको छ ।

बर्दिबास नगरपालिकाले हाम्रो मायाघरलाई महोत्सव लगाउन स्वीकृती दिएको थियो, तर बर्दिबास उधोग बाणिज्य संघका कारण महोत्सव विवादमा तानेकोले महोत्सव स्थगित गर्ने निर्णय गरेको मेयर प्रह्लाद कुमार क्षेत्रीले बताए ।

‘यसअघि बर्दिबास उधोग बाणिज्य संघ र आदीवासी जनजातिले महोत्सव आयोजना गर्दै आएको थियो,’ उनले भने, ‘यो बर्ष हाम्रो माया घरलाई स्वीकृती दिएका थियौँ तर, त्यो संघले केही स्थानीय व्यपारीहरुलाई उचालेर महोत्सव हुन नदिने प्रयास ग¥यो ।’ स्थानीयको असन्तुष्टीका बीच जवरजस्ती महोत्सव गर्नु उचित नहुने भन्दै तत्कालका लागि स्थगित गरिएको मेयर क्षेत्रीले जानकारी गराए ।

महोत्सव आयोजनाका लागि संघको अध्यक्ष विष्णु खड्काको संयोजकत्वमा सात सदस्य समिति बनाएका थियौ, तर उहाले सहमति गर्न सक्नु भएन, उल्टै संघले नै महोत्सव आयोजनाको जिम्मेवारी दिनुपर्ने माग राखेपछि समस्या भएको उनले बताए ।

‘यसअघि बर्दिबास उधोग बाणिज्य संघले संचालन गर्दै आएको महोत्सवलाई पालिकाले महोत्सव आयोजनाको दायरा फराकिलो बनाउन खोजेकोमा सबै राजनीतिक दल र सरोकारवालाहरु सकारात्मक हुनुहुन्थ्यो तर, बर्दिबास उधोग बाणिज्य संघले आफ्नो पञ्जाबाट फुस्कन नदिन अनावश्यक रुपमा व्यवसायी उचाले,’ मेयर क्षेत्रीले भने । आगामी दिनमा नगरपालिकाले महोत्सव सम्बन्धी कार्यविधी बनाएर दीर्घकालीन रुपमा विवाद नआउने वातावरण सिर्जना गर्ने छौ ।

उनले थपे,‘आर्थिक अभावको समस्या झेलिरहेका हाम्रो मायाघरलाई आधारभूत समस्या सावधानको लागि २० लाख रकम सहयोग गर्ने र महोत्सवको विवाद दीर्घकालीन समाधानको लागि कानुन वनाउनका लागि चेम्बर अफ कमर्स महोत्तरी र बर्दिवास उधोग बाणिज्य संघलाई आग्रह गरेको छु ।’

यता बाणिज्य संघका अध्यक्ष खड्काले मेला, महोत्सव आफुहरुले लगाउनु पर्ने बताउँछन् । ‘बर्दिवास महोत्सव एउटा सहमति र सहकार्यमा लागिरहेको थियो । यो वर्ष उद्योग वाणिज्य संघको पालो हो,’ खड्का भन्छन् महोत्सव भनेको उद्योग वाणिज्य संघले नै लगाउने हो । अरुले लगाउँदा यसको महत्व हुँदैन । तर नगरपालिकाले हामीलाई वञ्चित गर्न खोज्यो । उद्योग वाणिज्य संघलाई धारासायी बनाउन खोज्यो ।’
महोत्सव माया घरले लगाऔस चाहे बर्दिबास उधोग बाणिज्य संघले लगाऔ, लगाउने भनेकै महोत्सव हो । त्यो बर्दिबासको हितका लागि हो । माया घर एउटा परोपकारी सस्था हो अर्को व्यपारीहरुक सस्था हो । दुवै सस्थामा बर्दिबासकै स्थानीयहरु छन् । दुबैले बर्दिबासको हित नै चाहने हो । तर, कुन पापिको नजर लाग्यो ? यस अघि पनि बर्दिबास महोत्सव आदिवासी जनजाति महासङ र बर्दिबास उधोग बाणिज्य संघ मिलेर लगाएको थियो । यस्पाली माया घर निर्माणमा आर्थिक सहयोग जुटाउन महोत्सव लगाउन लागिएको थियो । त्यसमा व्यपार संघले सहयोग गरेको भए पनि हुन्थ्यो वा यो महोत्सव सम्पन्न हुनासाथ केहि नयाँ तयारीसाथ लगत्तै गरेको भए पनि हुन्थ्यो । बर्दिबासमा बाह्र मास छत्तीसऔं दिन महोत्सव लगाए पनि हुन्छ । जसरी काठमाडौको भृकुटीमण्डपमा लगाइन्छ । यो महोत्सवको विरोध गर्नुको कुनै तुक नै छैन । यसै गर्ने हो भने बर्दिबासको विकास एका देशको कथा बन्ने छ । सबैले दुई कदम पछाडि भएर एक पटक सोच्नु पर्छ । बर्दिबासको बिकास रोक्ने समूह बारे चिन्न, जान्न ढिला गर्न नहुने स्थानीयहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार