https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिबास, महोत्तरी । महोत्तरीको बर्दिबासस्थित नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा भुवन खडका निर्वाचित भएका छन ।

१० औ साधारणसभा र चौथो अधिवेशनवाट खडका सभापतिमा निर्वाचित भएका हुन । खडकासँगै उपसभापतिमा देव कुमारी पौडेल, सचिवमा टिका बस्नेत(गणेश), कोषाध्यक्षमा दान वहादुर थापा(बिष्णु), उप–कोषाध्यक्षमा किशोर भट्टराई र उपसचिवमा सुनिल यादव समेत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।

निर्वाचन मण्डलले ५ सदस्य सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा रवी निरौला, विप्लब अधिकारी, सुमित्रा भट्टराई, इन्द्र प्रसाद ढुंगेल(सिताराम) र महिला सदस्यमा उषा ढकाल छन् ।

युवा नेतृत्वको यो टिमले रेडक्रसलाई थप उचाईमा पुर्र्याउने बिस्वास लिइएको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले यो नेतृत्व परोपकारी कार्यमा थप शसक्त वन्ने बिस्वास व्यक्त गरे ।
कार्यसमितिको निर्णयले थप एक जनालाई मनोनित गर्ने व्यवस्था रहेको पुर्व सभापति मुकुन्द पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार