https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अमृत कुमार महतो, बर्दिबास।
कुनै बेला परालको गुन्द्री प्रयोग गर्ने चलन प्रख्यात थियो । महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका राम चन्द्र महतोले १५ बर्षको उमेरमा गुन्द्री बुन्न सीप सिके । बुवा कैलु महतोबाट परालका गुन्द्री बनाउने सीप सिकेपनि अहिले आफ्ना छोरालाई सीप सिकाउन सकेको छैन् । परम्परागत पुख्र्यौली सीप झन्झटीलो र बढी समय खर्च हुने भएकोले पुख्र्यौली सीप छोरालाई सिकाउन समस्या भएको महतोको भनाई छ ।

राम चन्द्र महतोजस्तै गाउँका ५० बढी घरको आम्दनीको स्रोत थियो, परालबाट निर्माण गरिएको गुन्द्री । तर पछिल्लो समय सीप हस्तान्तरण नहुदाँ यो सीप हराउदै जाने अवस्थामा छ । २५ बर्षदेखि परालको गुन्द्री (पटिया) उत्पादन गरिदै आएका महतोले अहिले त्यही सीप संकटमा परेको बताए । सीप हराउछ भनेर उनले सोचेका थिएनन् । अहिले परालको गुन्द्री बिक्री हुनै छोडेको छ । “ मेरो एक छोरा दुई छोरी छन्, एउटा छोरीको बिवाह भयो, छोरा विदेश गएको छ, मैले बुवाबाट यो सीप सिके छोराले यो सीप काम लाग्थ्यो तर कमाई नहुँदा निरास छु ।” “अहिले गाउँमा परालको उत्पादित सामग्री गुन्द्री बनाउने मान्छेको अभाव भइसक्यो । छोराछोरीले यो सीप सिक्न चहेनन् ।”

अहिले परालको सामग्रीसमेत कम बिक्री हुनु र पुस्ता हस्तान्तरण नहुँदा यो पेशा र सीप लोप हुने अवस्था आएको शिवनन्दन महतोले दुःखेसो गरे । “पुस–माघ महिनामा घरको आगनमा तान हालेर घाम ताप्दै गुन्द्री बुन्ने र वर्षभरी तिनै परालका गुन्द्री प्रयोग गर्ने चलन अहिले बजार क्षेत्रमा मात्रै होइन ग्रामीण क्षेत्रहरुमा समेत हराउँदै गएको हो ।”

“हामीले कात्र्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्नका लागि राख्ने गर्दथ्यौँ, पुस–माघको महिनामा घाम लाग्ने ठाउँमा तान हालेर घरका महिला सदस्य वा छिमेकीहरु भेला भई गुन्द्री बुन्दै दुख सुखका कुरा गर्ने गर्दथ्यौं” पशुपतिनगरका ६५ बर्षिय कैलु यादवले भने “पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग हुने गर्दथे ।”

बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको हो । गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन् ।

पहिला पहिला घरमा आएका पाहुनालाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैँचा भनेकै गुन्द्री हुन्थ्यो, विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्थ्यो । परालबाट बन्ने र यताउता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोग गर्दथ्यो गाउँकै भक्त बहादुर रैका मगरले सुनाए । “हाम्रै पालामा परालको गुन्द्रीको प्रयोग घट्दै छ गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ । गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ । प्लास्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ ।”

पशुपतिनगरका युवा नेता भिम बहादुर आले मौलिक सीप,परम्परा र चालचलनसँग गाउँको प्रतिष्ठा गासिने भएकोले यस्ता पुख्यौली चलन र सीपहरुको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, “स्थानीय सरकारले पनि यस्ता सीप र सीपसँग जोडिएका जनशक्तिलाई आवश्यक सहयोग गर्नुपर्छ, पुख्र्यौली सीप संरक्षण र प्रवद्र्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि सीप हस्तान्तरण गर्न जाँगर देखाउनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार