अरुण साह
बर्दिवासमा पुष २२ गते ,जनकपुरधाम मधेस प्रदेशमा फैलिएको शीतलहरका कारण प्रभावित जनकपुरधाम उपमहानगरपालिका–६ स्थित जनक छात्रावासमा आवासीय रूपमा अध्ययनरत विद्यार्थीहरूका लागि सिरक तथा खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
Lions International, District Council 325F को नेतृत्वमा Lions & Leo Club Janakpurdham, Lions Club Janakpurdham Gargi तथा Leo Club of Janakpurdham Capital को संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रममा चिसोका कारण कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा Leo Club of Janakpurdham Capital का अध्यक्ष Leo Bikash Sah ले “चिसो मौसममा विद्यार्थीहरूको स्वास्थ्य र अध्ययन दुवै सुरक्षित रहोस् भन्ने उद्देश्यले यो सानो मानवीय प्रयास गरिएको हो। सेवा नै हाम्रो प्रमुख दायित्व हो” भन्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार शीतलहरका कारण दैनिक जीवन प्रभावित बनेका विद्यार्थीहरूलाई तत्काल राहत पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। लायन्स क्लबले आगामी दिनहरूमा पनि मधेस प्रदेशका विभिन्न स्थानमा यस्ता मानवीय सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



