https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास पुष १२ गते, सडक दुर्घटनामा परी क्रिकेटर मीनश थापाको निधन, बोल्टस बटालियन दीप प्रज्वलनमार्फत श्रद्धाञ्जली

सडक दुर्घटनामा परेर २७ वर्षीय क्रिकेटर मीनाश थापाको निधन भएको छ। कोशी प्रदेशका कुशल तथा प्रतिभाशाली खेलाडी मानिएका थापाको असामयिक निधनले नेपाली क्रिकेट समुदाय शोकाकुल बनेको छ।

थापाको स्मृतिमा खेलप्रेमी युवाहरूको समूह बोल्ट्स बटालियनले आइतबार काठमाडाैंको माइतीघर मण्डलामा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा बोल्ट्स बटालियनका सदस्यहरूसहित विभिन्न क्षेत्रका युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले थापाको योगदान सम्झिँदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा खेलप्रेमीहरूलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गरेका थिए।

मीनश थापा कोशी प्रदेशका भरपर्दो खेलाडीका रूपमा चिनिन्थे। छोटो समयमै आकर्षक प्रदर्शनमार्फत खेलप्रेमीहरूको मन जित्न सफल भएका थापाको निधनसँगै नेपाली खेलकुद क्षेत्रमा शून्यताको अनुभूति भएको खेलप्रेमीहरुले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार