बर्दिवास पुष ११ गते, लेखक तथा प्रशिक्षक तुल खड्का द्वारा लिखित पुस्तक नासू तेस्रो पत्र प्रशासनको परिमार्जित संस्करण बजारमा आएको छ ।
लोकसेवा आयोगद्वारा लिइने परीक्षा तयारीको प्रशिक्षण तथा आवश्यक सामग्री प्रदान गर्दै आउनु भएका खड्काले संघीय निजामती सेवाको नायव सुब्बा पदको तेस्रो पत्र ‘सेवा सम्बन्धी प्रशासन’ सम्बन्धी पुस्तकको परिमार्जित संस्करण बजारमा ल्याँउनु भएको हो ।
नायव सुब्वाको तेस्रो पत्रको पाठ्यक्रममा आधारित रहेर विषयगत प्रश्नहरुको उत्तर पुस्तकमा समेटिएको छ ।
पुस्तक लोकसेवा आयोगको नयाँ पाठ्यक्रम अनुसारको सामाग्री अध्यानका लागि मात्र नभइ लेखनसीप विकासका लागि समेत प्रभावकारी रहेको लेखक खड्काले बताउनु भयो ।
प्रदेश निजामती सेवा,स्थानीय सेवा एवम सार्वजनिक संस्थानका परीक्षाका लागि समेत पुस्तक उपयोगी हुनेगरी सार्वजनिक सेवा ब्यवस्थापन विषयहरु समेटिएको समेत खड्काले जानकारी दिनुभयो ।
खड्का विगत लामो समयदेखि लोकसेवा तयारीमा रहनुभएका लाखौं प्रशिक्षार्थीहरूमाझ अब्बल प्रशिक्षकको रूपमा समेत परिचित हुँनुहुन्छ ।



