https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

वीरगञ्ज,पुस ९ गते  । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात एक अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार