https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मिथिलेश यादव

काठमाडौँ,  पुस ९ गते । लगातार तीन दिनदेखि चलेको शीतलहरका कारण मधेस प्रदेशको जनजीवन अत्यन्त कष्टकर बनेको छ।

सिरहाको लहानमा अत्यधिक चिसो बढेपछि नगरपालिकाले सर्वसाधारणलाई राहत दिन चोक–चोकमा आगो (घुर) बाल्न सुरु गरेको छ।

चिसो ह्वात्तै बढेपछि विशेषगरी विपन्न बस्तीका नागरिक मारमा परेका छन्। ओढ्ने, ओछ्याउने र लगाउने न्यानो कपडाको अभावमा दैनिक गुजारा चलाउने विपन्न वर्गको दैनिकी प्रभावित भएको छ।

चिसोबाट नागरिकलाई जोगाउन लहान नगरपालिकाले बजार क्षेत्रका मुख्य स्थानहरूमा दाउरा उपलब्ध गराएर आगो बाल्ने व्यवस्था मिलाएको छ।

मानिसहरूको बढी जमघट हुने ग्रामीण चोक, नयाँ बजार, गणेश चोक, मालपोत कार्यालय अगाडि, सडक डिभिजन कार्यालय र तरकारी बजारलगायतका स्थानमा आगो बाल्ने कार्य (घुर) सुरु गरिएको ह ।

लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले बजार क्षेत्रमा घुर बाल्न सुरु गरिएको र वडाहरूमा पनि आवश्यकता अनुसार दाउरा पठाउने तयारी भइरहेको जानकारी दिए। मधेसमा चिसो छल्न सामूहिक रूपमा आगो ताप्ने (घुर) परम्परागत चलन रहिआएको छ।

मेयर चौधरीका अनुसार चिसोबाट प्रभावित विपन्न परिवारलाई राहत उपलब्ध गराउन नगरपालिकाले तयारी थालेको छ। यसका लागि वडा तहबाट वास्तविक विपन्नहरूको तथ्याङ्क सङ्कलन भइरहेको छ।

तथ्याङ्क आएलगत्तै पाँच सय थान फाइबरको सिरक वितरण गर्ने तयारी रहेको मेयर चौधरीले बताए।

हेराैं तस्बिरहरु: 

प्रतिक्रिया

सम्बन्धित समाचार