अरुण साह
बर्दिवास पुष ६ गते । हामी सबैको खेल , हामी सबैको दायित्व नाराको साथ मिति २०८२ साल पौष ५ गते शनिबारको दिन त्रिभुवन विश्वविद्यालय रङ्गशाला सेरेफेरोमा वृहत् सरसफाई कार्यक्रम खेलपप्रेमि जय कृष्ण महतो संयोजकत्वमा भव्य समापन भयो ।
यस कार्यक्रमको आयोजन Awake Nepal नामक गैर नाफामुलक संस्थाको रहेको थियो भने सह-आयोजन रिभोलुशन एजुकेसन र बोल्टस बटालियन संगै सहकार्य ब्लड फर नेपाल , कीर्तिपुर नगरपालिका , नेपाल प्रहरी , त्रिभुवन विश्वबिधालय रुटिन अफ कीर्तिपुरको रहेको थियो ।
यो वृहत सरसफाइ कार्यक्रममा किर्तिपुर नगरपालिकाको उप-प्रमुख शुभ लक्ष्मी शाक्य को प्रमुख आतिथ्यता सङै त्रिभुवन विश्वबिधालयका प्रधानाध्यापक अकल मिश्र , किर्तिपुर प्रहरी वृतको डि.एस.पि. शिव कुमार बुढाथोकी , प्राईम टेलिभिजनका अध्यक्ष एवं नेपालको प्रतिष्ठित पत्रकार ऋषि धमला , पुर्व-उप सैनानि विशेष पौडेलको विशेष आतिथ्यतामा सो कार्यक्रमको शुभारम्भ भएको थियो ।
उक्त कार्यक्रममा उहाँहरु बाट BOLTS BATTALION( बोल्टस बटालियन ) नामक संस्थाको विधिवत रुपमा लोगो अनावरण सङै प्रारम्भ वृहत् सरसफाइ बाट गरियो । यो टिम खेल , शिक्षा , स्वास्थ र रास्ट्रहितको लागि सदैव तत्पर रह्ने संकल्पका साथ अगाडि बढ्ने जानकारी खेलप्रेमि युवा नविन साहले दिनु भयो । यस कार्यक्रममा १००+ झोला फोहर संकलन गरि १ गाडी फोहर रङ्गशाला क्षेत्रबाट खेलप्रेमि, रास्ट्रसेवक, बिद्यार्थीहरुको सहायतले व्यवस्थापन गरियो । फोहर संकलन गर्दै गर्दा विश्वविधालय क्षेत्रमा रक्सि, बियरको बोटल , गुटखाको खोल, प्याकेट फुडहरुको खोल, धेरै मात्रामा सुई हरु फेला परेको थियो ।यस्तो संवेदनशिल क्षेत्रमा यस्तो गतिविधिको पुर्न रुपमा रोक लगाउनु पर्छ भन्ने कुरा समबन्धित सरोकारवाला हरुको ध्यानाकर्षण होस । खेलबेला स्टल राखिएको क्षेत्रमा खाना , प्लेट जस्ता फोहर हरु एक्दमै दुर्गन्धित अवस्थामा रहदा पनि अहिले सम्म व्यवस्थापन हुन नस्कनु चिन्ताजनक कुरा थियो ।



