https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अरुण साह

 बर्दिवास पुष ३ गते।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक विद्यार्थी संघ, धनुषा जिल्लाको उपध्यक्ष पदमा मनोहर महतो मनोनीत भएका छन्।

महतोको उपध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी समेत गठन गरिएको छ। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका अग्रज नेता, अतिथि तथा विद्यार्थी नेताहरूको उल्लेखनीय उपस्थिति रहेका थिए।

मनोनीतपछि बोल्दै नवनियुक्त अध्यक्ष झाले संगठनलाई कागजमा सीमित नराखी जमिनस्तरमा सक्रिय बनाउने, गुटबन्दीको अन्त्य गर्दै एकताको राजनीति अघि बढाउने, पदको दम्भ होइन कार्यकर्ताको सम्मान गर्ने र भाषणभन्दा संघर्ष तथा परिणाममा आधारित राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले हरेक विद्यार्थीको आवाज बनेर अन्याय, विभेद र शोषणविरुद्ध सधैं अग्रमोर्चामा उभिने बताए। स्रोत–साधन सीमित भए पनि आत्मबल र सत्यको साथ रहेको उल्लेख गर्दै उनले मजबूत संगठन र सशक्त विद्यार्थी नेतृत्वमार्फत मधेशको आवाज देशभर बुलन्द गर्ने लक्ष्य लिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि लोसपा नेपालका केन्द्रीय महासचिव परमेश्वर साहले लोकतन्त्र, समावेशी राजनीति र विद्यार्थी आन्दोलन राष्ट्र निर्माणको आधार रहेको उल्लेख गर्दै नवगठित कार्यसमितिलाई शुभकामना दिए । उनले विद्यार्थी संगठनलाई सशक्त र अनुशासित बनाउनुपर्ने आवश्यकता औंल्याए।

विशिष्ट अतिथि लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन मिश्रले संगठनको ऐतिहासिक भूमिकाको चर्चा गर्दै वर्तमान शैक्षिक चुनौतीहरूका बीच विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक विद्यार्थी संघले प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा उपस्थित पार्टीका नेताहरूले नवगठित जिल्ला कमिटीलाई सफल कार्यकालको शुभकामना दिँदै संगठन विस्तार र विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने अपेक्षा व्यक्त गरेका थिए।

सो कार्यक्रम लोकतान्त्रिक विद्यार्थी संघ प्रदेश अध्यक्ष त्रिदेव कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार