सप्तरी, पुस ३ गते । सप्तरी विष्णुपुर गाउँपालिका वडा २ बालविवाह मुक्त वडा घोषणा भएको छ । विष्णुपुर गाउँपालिका २ स्थित जनता आधारभुत विद्यालयमा बुधबार आयोजित एक समारोह बीच वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
वडा २ का वडाअध्यक्ष भोगेन्द्र यादवको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि वडा ३ का अध्यक्ष राजेन्द्र प्रसाद सदायले बालविवाह मुक्त लेखिएको ब्यानर पढेर घोषणा सभाको उद्घाटन गरे ।
उद्घाटन पश्चात् उनले बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्याका ’boutमा चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नू पर्नेमा जोड दिए । वडालाई बालविवाह मुक्त बनाउन सफल भएकोमा वडावासीलाई बधाई दिदै उनले यसलाई कायम राख्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको उल्लेख गरे ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जिल्लालाई नै बालविवाहमुक्त बनाउने योजना रहेको सुनाउदै बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारीक, समाजिक तथा आर्थिक समस्याका ’boutमा चलाइएको सचेतना अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने जनाए ।
वडालाई बालविवाह मुक्त घोषणा गर्न विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा वडा कार्यालयलले सबैको साथ लिई बालविवाह मुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम गरेको विभिन्न कार्यक्रम अभियान र प्रयास पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको सेभ द सप्तरीका कार्यक्रम प्रबन्धक संजिव चौधरीले बताए ।
नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यसैकारण घोषणा सभाको मुख्य नारा “नै करु वियाह के बात, बियाह करु बीस के बाद” (केटा केटीको उमेर २० वर्ष नपुगे सम्म विहेको कुरा नसोचौ नगरौ) तय गरिएको सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले बताए ।
उनले सो वडामा वसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधी, अगुवा, पुरोहित, मौलाना, मायनजन लगायतले पालिकामा बालविवाह हुन नदिने प्रतिबद्धता समेत जनाएको बताए ।
उनले वडा वडामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा संस्थाले थप लगानी गर्ने योजना बनाइएको समेत जानकारी दिए । अभिभावकले समेत सन्तानको उमेर नपुगी बालविवाह नगर्न–नगराउने कतै भए सहभागी नभई विरोध र अवरोध गर्ने प्रतिबद्धता जनाएपछि बालविवाह मुक्त वडा घोषणा गर्न सहज भएको सेभ द सप्तरीका अध्यक्ष देवको भनाई छ ।
घोषणा सभामा विष्णुपुर गाउँपालिकाका कार्यपालिका सदस्य सत्यदेव साह, वडा सदस्य तुलसी यादव, रम्भादेवी खंग, स्वास्थ्य शाखा संयोजक सोनीकुमारी झा, समाजसेवी रघुनन्द साहलगायत विभिन्न ब्यक्तिहरुले शुभकामना दिएका थिए । – राजधानी



