https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, पुस ३ गते  । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सकिएको छ। दुई हजार २२७ जनाले मतदान गरेका छन्। मतगणना आज बिहान आठ बजेदेखि सुरु हुने केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए।

महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेरअघि मतदान सम्पन्न भएको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनका अनुसार ३६ जना मतदानमा अनुपस्थित भए। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए।

उनले मतगणना आज बिहान आठ बजेदेखि सुरु गर्ने तयारी भएको जानकारी दिए। ‘मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ’, उनले भने, ‘मतगणना भएको तीन घण्टाभित्र नतिजा आउँछ।’

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान सवा नौ बजेदेखि मतदान सुरु भएको थियो। एमालेमा ३०१ केन्द्रीय सदस्यका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो। मतदानमा ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिएको थियो।

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार