https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सुधा देव
सप्तरी, मङ्सिर २९ गते । सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै आएकाले सप्तरीका किसानहरू मारमा परेका हुन् ।

नेपाल सरकारले मोटो धानको खरिद मूल्य तीन हजार चार सय र पातलो धानको खरिद मूल्य तीन हजार ६ सय रूपियाँ प्रति क्विन्टल निर्धारण गरे पनि व्यापारीहरूले किसानहरूसँग सस्तोमा किनेर महँगोमा बेच्न थालेपछि किसानहरू मारमा परेको राजविराज नगरपालिका १ की नविता चौधरीले बताए ।

उहाँले भन्नुभयो, ‘‘किसानले लाखौं लगानी गरेर खेती गरेका छन् । धान भित्र्याएपछि खेती गर्ने बेलामा भएको खर्च सल्टाउनुपर्ने हुन्छ । किसान धान बेच्न व्यापारीकहाँ जाँदा सकेसम्म कम मूल्यमा धान किन्ने प्रवृत्तिका कारण जिल्लाका किसानहरू मारमा परेका छन् ।’’

यसपालि खडेरी र बेमौसमी धान उत्पादन गर्न बाध्य भएका किसानहरूले धान खेती गर्न गत वर्षहरूको तुल्नामा बढी खर्च र परिश्रम गरेप नि सस्तोमा धान बिक्री गर्न बाध्य हुनुपर्दा किसानहरू मारमा परेको राजविराज नगरपालिका १ का सोमन यादवले बताए ।

उहाँले भन्नुभयो, ‘‘समयमा बर्खा र सिँचाइ नहुँदा पानीको समस्याका कारण भदौ महिनामा धान रोप्न बाँध्य भयौ । महिनाको दुई पटक प्रतिकठ्ठा तीन सय रूपियाँको दरले दुई बिघा पटाउनुपर्ने बाध्यता थियोे ।’’

धान उत्पादन गर्न खर्च बढी भए पनि धानको मूल्यभन्दा दुई हजार पाँच सयदेखि दुई हजार ७ सय रूपियाँ प्रति क्विन्टल धान बिक्री गर्न किसान बाध्य भएको उहाँले बताए ।

सरकारले किसानको परिश्रमलाई मूल्याङ्कन नगरेको र किसानको समस्या प्रति चाँसो नदेखाएकै कारण किसानलाई एकपछि अर्को समस्या थपिदै आएको गुनासो उहाँको छ ।

धान खरिदबिक्री गर्ने व्यापारीले सरकारले निर्धारण गरेको धानको मूल्य अनुसार मोटो र पातलो धानको चामलको मूल्य निर्धारण नगर्दा चामल बिक्रीको मूल्य अनुसार धान खरिद गर्दै आएको धान व्यापारी रामप्रसाद यादवले बताए ।

नेपाल सरकारले न्यूनतम समर्थन मूल्य मिनिमम सपोर्ट प्राइस लागतको आधारमा प्रत्येक वर्ष तोक्दै आए अनुसार यस वर्ष पनि मोटो धानको मूल्य प्रति क्विन्टल तीन हजार चार सय र पातलो धानको मूल्य तीन हजार छ सय निर्धारण गरे पनि अहिले जिल्लाका किसानले मोटो धान प्रति क्विन्टल दुई हजार पाँच सय र मसिनो धान प्रति क्विन्टल दुई हजार सात सयमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले बताए ।

सरकारले धानको मूल्य निर्धारण गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान किन्ने जिम्मा दिएपनि कम्पनीले लक्ष्य अनुसार सीमित मात्र धान किन्नाले किसानहरू मारमा पर्न बाध्य भएको उहाँले बताए ।

जिल्लामा राइस मिलहरू सञ्चालनमा रहेको बेला जिल्लाका किसानले धानको मूल्य पाउँदै आएका थिए । तर माओवादी द्वन्द्व कालमा जिल्लाको एक दर्जनभन्दा बढी राइस मिलहरू बन्द भएपछि ससाना व्यापारीलाई किसानले सस्तोमा धान बेच्न बाध्य हुनुपरेको प्रमुख राउतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार