https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरी, मङ्सिर २७ गते । बर्दिवास-१२ मा बालिकामाथि भएको जबरजस्ती करणीको घटना एक सातापछि बाहिरिएको छ । गाउँमा भइरहेको छलफल कार्यक्रमबाटै आरोपितलाई प्रहरीले पक्राउ गरेपछि १४ वर्षकी बालिकामाथि भएको जबरजस्ती करणीको घटना मिलाउन गाउँलेले घर नै घेरेर धम्की र प्रलोभन दिँदै घटना गाउँमै मिलाउन दबाब दिएको खुलेको हो ।

गत शुक्रबार स्कुलबाट घर गएर किताब थन्क्याएर खेतमा काम गर्न पुगेकी बालिकालाई छिमेकी राजेन्द्र महतोले ‘म तिमीलाई माया गर्छु, पैसा दिन्छु’ भन्दै करणी गरेको पीडित बालिकाले बताएकी छिन् । त्यसैक्रममा खेतमा मल लिएर पुगेकी बालिकाकी आमाले रोएको आवाज सुनेपछि हेर्न पुग्दा महतो भागेको र छोरीलाई आफूले लिएर घर आएको बताएकी छिन् । घटनाबारे हल्ला गर्‍यो भने सबैको इज्जत जाने भएकाले हल्ला नगर्न र हल्ला गरेमा लास बनाइदिने धम्की दिएर घटना कसैलाई नभन्न महतोका मान्छेहरू उसै दिन राती घरमा आएको पीडितकी आमाले बताइन् ।

पटक–पटक प्रहरीसमक्ष जाहेरी दिन खोज्दा उनीहरूले गइस् भने ज्यान लिन्छु भन्दै डर देखाएको उनले बताइन् । कहिले धम्की कहिले पैसा दिने भन्दै ६ लाख रुपैयाँ लिएर घटना मिलाउन आफूलाई पटक–पटक बाटो छेकेरै छलफलमा राखेको पीडितकी आमाले बताइन् ।

बिहीबार दिउँसो २ बजे करिब २०/२५ जनाले घेरेर पीडितलाई सहमति गर्न दबाब दिइरहेको बेला प्रहरीले बर्दिवास–१२ का राजेन्द्र महतोलाई पक्राउ गरेपछि घटना बाहिरिएको हो । इलाका प्रहरी कार्यालय बर्दिवासले महतोलाई पक्राउ गरेपछि बिहीबार नै पीडितले दिएको जाहेरी अनुसार महतोलाई शुक्रबार ३ दिनको म्याद थप गरी हिरासतमा राखिएको महोत्तरी प्रहरीले जनाएको छ ।

पटक–पटकको छलफलमा पीडितलाई दबाब दिएर सहमतिको प्रयास गरेको सूचना आएपछि प्रहरीले महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए । पक्राउ परेका महतोलाई म्याद थप गराई स्वास्थ्य जाँच गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य जाँचको रिपोर्ट आएपछि अन्य कारबाही प्रक्रिया अघि बढाइने र घटनाबारे अनुसन्धान भइरहेको भट्टले बताए ।

घटना गाउँमै मिलाउन बर्दिवास–१३ का वडाध्यक्ष लक्ष्मण सिंह नै लागेको पीडितको आरोप छ । वडाध्यक्षसँगै गाउँका अन्य भद्र भलाद्मीले समेत गाउँबाट घटना बाहिर नलैजान दबाब दिएको पीडित पक्षले बताएको छ । वडाध्यक्ष सिंहले भने आफू उक्त घटनमा संलग्न नभएको र घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

बिहीबार महतो पक्राउसँगै इलाका प्रहरी कार्यालय पुगेका सिंहले आफू उक्त घटनाको विषयमा नभई अन्य कामले प्रहरी कार्यालयमा पुगेको बताए । सिंहसँगै बर्दिवास–१३ को जनता मावि डाँडाटोल विजलपुराको व्यवस्थापन समितिका पूर्वअध्यक्ष रमेश महतोसँगै एक दर्जन गाउँलेले जतिसुकै बेला घर घेरेर दबाब दिएको पीडितले बताए ।  – कान्तिपुर 

प्रतिक्रिया

सम्बन्धित समाचार