https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धर्बेन्द्र झा

जनकपुरधाम, मङ्सिर २६ गते । मधेश प्रदेशमा समावेशी लोकतन्त्र र मानव अधिकारका लागि नागरिक समाज सबलीकरण परियोजनको शुभारम्भ गरिएको छ ।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वयमा अभियान नेपाल नामक संस्थाले प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार आयोजना गरेको एक कार्यक्रमबिच परियोजनाको शुभारम्भ गरिएको हो ।

क्यानाडा सरकारको आर्थिक सहयोग, सिइसीआइ र प्रोपब्लिकको साझेदारीमा अभियान नेपालले सञ्चालन गरेको उक्त परियोजना प्रथम चरणमा मधेश प्रदेशको चार जिल्लाको सातवटा पालिकामा सञ्चालन हुने अभियान नेपालका कार्यकारी निर्देशक शत्रुधन सिंहले जानकारी दिए ।

उहाँले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनियाँ गाउँपालिका, महोत्तरीको मनराशिसवा नगरपालिका र एकडारा गाउँपालिका, सर्लाही जिल्लाको हरिवन नगरपालिका र धनकौल गाउँपालिका र रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा परियोजना सञ्चालन हुने जानकारी दिए ।

उहाँले नेपालको मधेश र लुम्बनी प्रदेशमा सञ्चालनमा आएको उक्त परियोजना सन् २०२५ अक्टुवरदेखि सन् २०२८ मार्चसम्म सञ्चालन हुने जसका लागि कुल २० करोडको बजेट रहेको जानकारी दिए ।

निर्देशक सिंहले यो परियोजनाको मूल लक्ष्य नेपालको लोकतन्त्रमा महिला तथा सीमान्तकृत समुदायको समान सहभागिता गराउनु रहेको बताउनुभयो । अभियान नेपालले मधेश प्रदेशमा स्थलगत परियोजना कार्यहरुको कार्यान्वयनको नेतृत्व गर्ने उहाँले बताए ।

शुभारम्भ कार्यक्रममा अभियान नेपालको तर्फबाट परियोजनावारे जानकारी दिँदै यादव थापाले परियोजनाको अपेक्षित नतिजाहरुमा नागरिक समाज संस्थाहरुको क्षमता अभिवृद्धि र जवाफदेहिता र पारदर्शितामा सुधार र मानव अधिकारको उपयोगको प्रवर्धन गर्नु रहेको बताए ।

उहाँले परियोजनाको उद्देश्य महिला र पिछडिएका समुदायका अवाजलाई प्रतिनिधित्व गर्ने संस्थालाई थप सशक्त बनाउनुको साथै स्थानीय तहको निर्णय प्रक्रियामा महिला, युवा र सीमान्तकृत समुदायको संख्या र प्रभाव दुबै बढाउने रहेको बताए ।

सिइसीआइ नेपालका कन्ट्री डाइरेक्टर दिपक खडकाको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्र, प्रोपब्लिकका गोभरनेन्स एडभाइजर प्रकाश दाहालसहित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार