https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अरुण साह

वर्दिवास मंसिर २६ गते ।मिथिला जलवायु परिवर्तन पैरवी समुह को आयोजना तथा मिथिला नगरपालिका, Leo club of mithila Adarsha ,हाम्रो युवा क्लब को संयुक्त सहयोग र मिथिला नगर बाल संजाल ढल्केबर धनुषा , ईलाका प्रहरी ढल्केवर,New Horizon English Boarding School को समन्वयमा मिथिला सागर (पोखरिया ताल) मा बृहत सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कुरा दिपेश सिंहले जानकारि गराउनु भयो ।

जलवायु परिवर्तनलाई मध्यनजरमा राख्दै विद्यार्थीहरूले आकर्षक प्रस्तुतिमार्फत प्लास्टिक प्रदूषणले स्वास्थ्य, वातावरण तथा दैनिक जीवनमा पार्ने गम्भीर प्रभावलाई सरल र प्रभावकारी शैलीमा दर्शकहरूका अगाडि प्रस्तुत गरे र सरसफाई गरेका छन् ।

कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा , विद्यार्थीहरु स्थानीय नेता सन्देशबाट प्रभावित देखिन्थे। विशेषगरी एकल प्रयोग हुने प्लास्टिकको अत्यधिक उपयोगले वातावरणमा दीर्घकालीन क्षति पुऱ्याउने र यसको कमीका लागि सामुदायिक सहभागिता अनिवार्य रहेको सन्देश दिइयो।

स्थानीय स्तरमै युवाहरूको नेतृत्वमा गरिएको यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने र पर्यावरण संरक्षणप्रति जनतामा जागरूकता बढाउने विश्वास आयोजकहरूको छ।

कार्यक्रममा सहयोगी संस्थाहरू, विद्यार्थी, स्वयंसेवी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार