भक्तपुर, मंसिर २६ गते । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहको तयारी भक्तपुरको सल्लाघारीमा धमाधम भइरहेको छ ।
भोलि(शनिबार)देखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्रका लागि सल्लाघारीस्थित तीनकुने चौरमा स्टेज बनाइसकिएको छ भने साउण्ड सिस्टम र कुर्सी राख्ने लगायतका कामहरू अन्तिम चरणमा पुगेको छ ।
तीनकुने चौरमा बनाइएको स्टेजकोबिच भागमा मन्दिर छ भने धरहरा र फहराइरहेको नेपालको झण्डा, पार्टीको चिह्नको साथै ओलीको पूर्ण कधको फोटो पनि राखिएको छ ।







