https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पर्सा, मङ्सिर २६ गते । सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अबैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका सूचना अधिकारी विश्वराज योञ्जनले नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाँजा बरामद गरेको जानकारी दिए ।

उहाँले बरामद भएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको जानकारी दिए । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार कार्यलाई निस्तेज पार्ने अभियान तीव्र पार्दै आइरहेको जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार