https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सुधा देव

सप्तरी, मङ्सिर २६ गते । सप्तरी जिल्लाको कृषि महिलाले धान्दै आएका छन् । कृषिको अधिकांश काम महिलाले गर्दै आएका छन् । जिल्लामा उत्पादन हुने हरेक बालिमा सबैभन्दा बढी महिलाले श्रम खर्चिदै आएको स्थानीयको भनाइ ।

जिल्लाको मुख्य बालि धान बाली हो । यस जिल्लाको मुख्य बालिको रूपमा परिचित धानबाली उत्पादनदेखि घर भित्र्याउनसम्म महिला कृषक र महिला मजदुरले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

सप्तरीका ग्रामीण भेगका महिलाहरू विशेष गरी कात्तिक, मङ्सिर दुई महिना धान काट्न र भित्र्याउन व्यस्त रहदै आएका छन् । धान रोप्नका लागि खेत तयार भइसकेपछि धान खेतीमा महिलाहरू नै खटिने गरेका छन् । धान रोप्न, कमौन, पानी पटाउन, दौनी गर्न, काटेको धान पराल बाध्न, भित्र्याउन, गहुँ छर्किन, दलहन, तेलहन, तरकारी बाली लगायत उत्पादन गर्न महिलाहरूले नै सबैभन्दा बढी श्रम खर्चिने गरेको राजविराज नगरपालिका १६ का विमला देवी देवले बताए ।

उहाँले भने, ‘‘जिल्लामा लगाइने हरेक बाली उत्पादनमा पुरूषभन्दा महिलाको उल्लेख्य सहभागीता रहेको छ ।’’

बाली लगाउका लागि खेत तयार भएदेखि भित्र्याएसम्म अधिकांश काममा महिलाले नै खटिने गरेको उहाँको भनाइ छ । घरमा भएका पुरूषहरूले पनि महिलाले जति नगरेको राजविराज १५ कि दुखनी यादवले बताए ।

सप्तरीको कृषिलाई महिलाले धानेको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख किशुनदेव राउतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘घरको छोरा मान्छे वैदेशिक रोजगारमा होस वा घरमै कृषि क्षेत्र महिलाले नै धानेको छ ।’’

जिल्ला अहिले पनि ६५.५ प्रतिशत जनसङ्ख्या कृषिमामा निर्भर भए पनि ग्रामीण भेगमा ८० प्रतिशत रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जिल्लाको ६० देखि ७० प्रतिशत कृषि महिलाले धान्दै आएका छन् ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार