https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

१ सय ७ सांसदमध्ये ४८ मात्र मन्त्री बन्न बाँकी

सांसदको हिसाबकिताब
जम्मा सांसद : १०७
मुख्यमन्त्री : ५
मन्त्री : ४३
समिति सभापति : ७
निलम्बित : ४
मन्त्री हुन बाँकी : ४८

काठमाडौं । मधेश प्रदेश मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाजस्तै बनेको छ । अघिल्लो कार्यकाल स्थिर सरकार भएको मधेश प्रदेशमा दोस्रो कार्यकालमा अस्थिर सरकार हुँदा मुख्यमन्त्री र मन्त्री बन्नेको संख्या बढेको छ ।

अघिल्लो कार्यकालमा लालबाबु राउत पुरै कार्यकाल मुख्यमन्त्री भए । तर, २०७९ सालमा भएको प्रदेशसभा सदस्य निर्वाचनपछि मधेशमा सरकार र दलीय गठबन्धन परिवर्तन हुनेक्रम बढ्यो । दोस्रो कार्यकालमा मधेश प्रदेशमा पाँचांैपटक सरकार गठन भइसकेको छ ।

दोस्रो कार्यकालमा जसपा नेपालका नेता सरोजकुमार यादव (बारा), जनमत पार्टीका नेता सतिसकुमार सिंह (सप्तरी), लोसपाका नेता जितेन्द्रप्रसाद सोनार (बारा), नेकपा (एमाले)का नेता सरोजकुमार यादव (महोत्तरी) मुख्यमन्त्री भएका छन् । अहिले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव (रौतहट) मुख्यमन्त्री छन् ।

जितेन्द्र (बारा) र सरोज (महोत्तरी)ले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत पाउन नसकेका यी दुई पूर्वमुख्यमन्त्री राजीनामा दिन बाध्य भए । दुवैको कार्यकाल छोटो रह्यो । सरोज (बारा) र सतिस (सप्तरी)ले पनि पुरै कार्यकाल मुख्यमन्त्री भएर सरकार चलाउन सकेनन् । अहिलेका मुख्यमन्त्री यादवले पनि प्रदेशसभाबाट विश्वासको मत पाउन बाँकी छ ।

१ सय ७ सदस्यीय मधेश प्रदेशसभामा अधिकांश सांसदले मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, संसदीय समितिको सभापति, दलका नेता र सचेतकको अवसर र सुविधा पाएका छन् । मधेश प्रदेशसभामा अब मन्त्री बन्न बाँकी जम्मा ४८ सांसद मात्र देखिन्छन् ।

पाँचौंपटक सरकार गठन भएको मधेश प्रदेशमा पाँच मुख्यमन्त्री भए । ४३ जना सांसद मन्त्री भएका छन् भने मन्त्री हुन बाँकी सांसद जम्मा ४८ जना छन् । सात जना सांसद विभिन्न समितिका सभापति छन् ।

मन्त्री भएकै कारण एक सांसद निलम्बनमा परे । राप्रपाका सांसद कञ्चन बिच्छा एमाले नेतृत्वको अघिल्लो सरकारमा मन्त्री हुँदा पार्टीले फिर्ता हुन निर्देशन दियो । तर, उनले मन्त्रीबाट राजीनामा नदिएपछि सांसद पद नै गुमाउनुप¥यो ।

अर्थ तथा योजना समितिको सभापति जनमत पार्टीकी सांसद अनिताकुमारी शाह, कृषि तथा भूमि व्यवस्थापन समिति सभापति कांग्रेस सांसद संजयकुमार महतो, प्रदेश मामिला समितिका सभापति नेकपा (एकीकृत समाजवादी)का सांसद रत्नेश्वर गोइत यादव, प्राकृतिक स्रोत तथा वातावरण समितिकी सभापति नेकपा (माओवादी केन्द्र)की सांसद शारदा दास (पहाडी) छन् ।

यसैगरी, महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापति लोसपाकी सांसद रूपाकुमारी यादव, विकास समितिको सभापतिमा जसपाका सांसद शारदाशंकर प्रसाद कलवार र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेकी सांसद मञ्जुकुमारी थापामगर छन् ।

राजनीतिक विश्लेषक देवेन्द्र मिश्राले गठबन्धन परिवर्तन, संघीय गठबन्धनमा देखिएको फेरबदलले प्रदेशमा पनि सरकार अस्थिर रहेको बताए । केन्द्रमै जसरी गठबन्धन र सरकार हेरफेर हुँदैआएको छ, त्यसको प्रभाव मधेशमा पनि परेको उनले बताए ।

‘केन्द्रमा गठबन्धन र सरकार जसरी परिवर्तन भइरह्यो त्यसको प्रभाव प्रदेशमा पनि भएको देखिन्छ, त्यही भएर यहाँ सरकार बनाउने र गिराउने खेलले निरन्तरता पाएको हो, यसरी गठबन्धन र सरकार हेरफेर हुन थालेपछि मन्त्री हुनेको संख्या पनि बढ्दै जानु स्वाभाविक नै छ,’ मिश्राले भने ।

कुन दलका कति सांसद
मधेश प्रदेशसभामा १ सय ७ सांसद छन् । मधेश प्रदेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपाल (जसपा)का १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का ९ सांसद छन् ।

यसैगरी, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का ९, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का ७, नेपाल संघीय समाजवादी पार्टीका १, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ सांसद (निलम्बन)मा छन् ।

एमालेका दीपेन्द्रकुमार ठाकुर, जसपाका सरोजकुमार सिंह, लोसपाका अभिराम शर्मा र राप्रपाका कञ्चन बिच्छा निलम्बनमा छन् ।

हालसम्मका मुख्यमन्त्रीहरूमध्ये अघिल्लो कार्यकालका लालबाबु राउत र सरोजकुमार यादव जसपाका हुन् भने सतिसकुमार सिंह–जनमत, जितेन्द्रप्रसाद सोनार– लोसपा, सरोजकुमार यादव– एमाले र वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव– नेपाली कांग्रेसका हुन् ।

मधेश प्रदेशसभाको अर्थ तथा योजना समितिको सभापति जनमत पार्टीकी सांसद अनिताकुमारी शाह हुन् भने कृषि तथा भूमि व्यवस्थापन समितिको सभापति कांग्रेस सांसद संजयकुमार महतो छन् ।

प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का सांसद रत्नेश्वर गोइत यादव छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिकी सभापतिमा तत्कालीन नेकपा (माओवादी केन्द्र)की सांसद शारदा दास (पहाडी) छिन् ।

महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा लोसपाकी सांसद रूपाकुमारी यादव, विकास समितिको सभापतिमा जसपाका सांसद शारदाशंकर प्रसाद कलवार र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेकी सांसद मञ्जुकुमारी थापामगर छन् ।

सभापतिले राज्यमन्त्रीसरहको सुविधा पाउँदै आएका छन् । यससँगै दलका नेता र सचेतकले पनि सांसदले पाउनेभन्दा अतिरिक्त सुविधा पाइरहेका छन् । मन्त्री बनिनसकेकाहरूमध्ये अधिकांश दलका नेता र सचेतक पनि छन् ।

जो मन्त्रीको दाउमा छन्
बारा
त्रिलोकी चौधरी
देवनारायण थारू
बच्चा राउत अहिर
महम्मद समिर
मीनाकुमारी लामा
रवीन्द्रदास श्रेष्ठ
राजपति देवी जयसवाल
लक्ष्मी देवी

पर्सा
बिनादेवी शर्मा
शंकरप्रसाद चौधरी
श्यामप्रसाद पटेल

रौतहट
इन्दुकुमारी साह
किशोरी देवी
जयचन्द्रप्रसाद पटेल
जैनब खातुन
नागेन्द्र साह
शोभा देवी

सर्लाही
उमेन्द्र महतो
उर्मिलादेवी सिंह
जवाहरलाल कुशवाहा
फकिरा महतो
शकुन्ती देवी
हसिना खातुन

महोत्तरी
जयनुल राईन
नुरुन नेसा
रजी हैदर
रमिता प्रधान
रेखा ठाकुर

धनुषा
अञ्जना पण्डित
कुमरकान्त झा
पलटीदेवी महरा
पलटीदेवी यादव
फुलोकुमारी देवी
ममतादेवी मण्डल
रामअशिष यादव सचेतक
रामचन्द्र मण्डल (पूर्वसभामुख)

सिराहा
जिवछीकुमारी यादव
भाग्यश्रीकुमारी चौधरी
मनोजकुमार सिंह
राजकुमार गुप्ता
राजेन्द्रप्रसाद चौधरी
ललिता दास
शहिदा खातुन
संजिलाकुमारी यादव

सप्तरी
अनिरुद्ध्रकुमार सिंह
किरणकुमारी
मनीषकुमार सुमन
मालाकुमारी कर्ण

जो मन्त्री भइसके
पर्सा
जनार्दन सिंह क्षेत्री
प्रमोदकुमार जयसवाल
रमेशप्रसाद कुर्मी
रहबर अंसारी
सिंगासन साह कलवार

रौतहट
कनिश पटेल (दुईपटक मन्त्री)
केशव राय
बसन्तकुमार कुशवाहा
मोहम्मद जैद आलम
युवराज भट्टराई
शेख अबुकलाम आजाद
सुनिलकुमार यादव

सर्लाही
कौशलकिशोर राय
जंगीलाल राय अहिले मन्त्री
विमला अंसारी
वीरेन्द्रप्रसाद सिंह
बेची लुंगेली
सञ्जयकुमार यादव

महोत्तरी
चन्दनकुमार सिंह
भरतप्रसाद साह
रानीकुमारी तिवारी
शारदादेवी थापा
सुरिताकुमारी साह

धनुषा
रामसरोज यादव
लखनदास तत्मा
शेषनारायण यादव
सुनिता यादव
हरिनारायण महतो

सिराहा
कञ्चन बिच्छा
त्रिभुवन साह
प्रमोदकुमार यादव
रामबाबु यादव
शत्रुधनप्रसाद सिंह
सञ्जयकुमार यादव

सप्तरी
गोविन्दबहादुर न्यौपाने
निलमकुमारी रजक
बबिताकुमारी राउत इशर (उपसभामुख)
महेशप्रसाद यादव
मोहम्मद समिम
रञ्जुकुमारी मण्डल
राजकुमार लेखी
शम्भूकुमार साह
सकिल मिया

 

– राजधानी बाट

प्रतिक्रिया

सम्बन्धित समाचार