https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास, मङ्सिर २४ गते । रोशनी झा मृत्यु प्रकरणमा थप दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको सिआइबी अनुसन्धान थालेको केही घण्टामै जनकपुरधाम वडा नम्बर ३ स्थित देवान पोखरी क्षेत्रका ४५ वर्षीय सचिन झा र उनका छोरा १५ वर्षीय प्रतीक झालाई धनुषा प्रहरीले पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बलमे जानकारी दिए ।

यस अघि नै मृतक रोशनी झाका श्रीमान प्रशान्त मिश्रलाई प्रहरीले पक्राउ गरिसकेको छ । धनुषा प्रहरीले प्रशान्तका भिनाजु तथा भान्जालाई पक्राउ गरिएको छ।

नेपाल प्रहरीको सिआइबीले रोशनी झा मृत्यु प्रकरणको अनुसन्धान थालिएको छ। सिआइबीले आफ्नै तरिकाले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित कटैया चौरी घर भएका प्रशान्त मिश्रको श्रीमती रोशनी झाको मंसिर १२ गते बिहीबार राति भएको मृत्यु प्रकरण शंकास्पद मात्र नभइ हत्या भएको रोशनीका माइती पक्षले दाबी गर्दै न्यायको माग सहित विभिन्न चरणको आन्दोलन गर्दै आएका थिए ।

रोशनीको मृत्यु प्रकरणपछि रोशनीको कागजपत्र जलाउनु, कहिले भऱ्यांगबाट लडेको र कहिले झुण्डिएको जस्ता अभिव्यक्ति दिने काम गर्नु नै मृत्यु प्रकरण शंकास्पद रहेको बताउँदै मृतक रोशनीका श्रीमान्ले पटक पटक दाइँजोका नाममा रकम तथा सामान माग्दै आएको दाबी गरेका छन् ।

मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्र प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशमा शाखा अधिकृतमा कार्यरत रहेका छन् । केही वर्ष अगाडि ९ लाख रुपैयाँसहित मागी विवाह गरेको र केटाको घर निर्माणका लागि पुनः १५ लाख रुपैयाँ रकम दिएको माइती पक्षले जनाउँदै आएको छ। मृतक रोशनीका दुई नाबालक सन्तान छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार