रामबाबु यादव
गौशाला, मंसिर २२ गते । महोत्तरीका कम्युनिष्ट नेता कासी महतो (करण)को निधन भएको छ । तत्कालिन नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य समेत रहेका महतोको आज बिहान निधन भएको हो ।
महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नम्बर ८ बेलगाछी बस्ने महतोको सोमबार बिहान अन्दाजी ५१ बर्षको उमेरमा असमायिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्थानीयका अनुसार आज बिहान मर्निङवाक गरि घर फर्किरहेका महतो अचानक बाटोमै लडेका थिए । अचेत अवस्थामा उनलाई अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ ।
महतो २०५६ सालदेखि नेकपा माओवादी केन्द्र पार्टीमा सक्रिय भुमिका निर्वाह गर्दै आएका उनी पछिल्लो समय अर्गानिक खेती अभियानमा लागेका थिए ।



