https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जीवछ यादव
लहान, मङ्सिर २२ गते । सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावपछि युवाहरूको नेतृत्वमा बन्ने सरकारबाट मात्रै परिर्वतन समभव हुने बताएको छ ।

गृहजिल्ला सिराहा आइपुग्नु भएको मन्त्री गुप्ताले तीन वटा सामुदायिक विद्यालयमा चिसोबाट जोगाउन न्यानो ज्याकेट वितरण गर्दै यस्तो बताएको हो ।

अहिलेको चुनावी सरकारको प्रमुख कार्य चुनाव गराउनु रहेकाले जनताको भावना अनुसार काम गर्न नसक्ने बताए । उहाँले थप्नुभयो, ‘‘चुनावपछि युवाहरूको नेतृत्वमा सरकार बनाउन आवश्यक छ । सुन्दर देश बनाउने सपना देखेका जेनजीलगायत सबै सहिदहरूको भावना अनुसार नै काम हुने छ ।’’

जेनजी आन्दोलनमा सहादात प्राप्त गर्नु भएको विजय चौधरीको गाउँ लहान नगरपालिका वडा नम्बर १५ ढोडनास्थित राजदेवी आधारभूत विद्यालयका कक्षा पाँचसम्मका ९५ जना बालबालिकाहरूलाई न्यानो ज्याकेट वितरण कार्यक्रमम मन्त्री गुप्ताले भन्नुभयो, ‘‘सामुदायिक विद्यालयलाई सुरक्षित आवाससहितको प्राविधिक विद्यालय बनाउने दलित विपन्न समुदायको शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारण्टी र भ्रष्टाचारमुक्त देश बनाउने हाम्रो लक्ष्य रहेको छ ।’’

फागुन २१ गते हुने चुनावमा युवा नेतृत्वहरूलाई चुनेर पठाउन सबैसँग आग्रह गर्दै उहाँले हामी एक थान तस्बिर मन्त्रालयमा झुण्डयाउन सरकार गएको होइन, सुन्दर देश बनाउने सपना लिएर परिर्वतनको पक्षमा रहेको बताए ।

सोवरस एक्सन नेपालले उपलब्ध गराएको तीन सय थान न्यानो लुगा (ज्याकेट) लहान वडा नम्बर १५ का रादेवी आधारभूत विद्यालय, लहान नगरपालिका २ स्थित भानु आधारभूत विद्यालय र सखुवानन्कारकटी ४ स्थित जनता आधारभूत विद्यालय खैरबोनामा उहाँले वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार