https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर २१ गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा १३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र ४२ रन बनाएको छ। जनकपुरलाई जितका लागि अब ६० बलमा ८८ रन आवश्यक छ।

जनकपुरको ब्याटिङ लाइनअप सुरुमै धर्मरायो। टोलीले दोस्रो ओभरमै ओपनर आसिफ शेख (०) लाई गुमायो भने तेस्रो ओभरमा अनिल साह (०) पनि खाता नखोली पेभेलियन फर्किए।

त्यसपछि माज सदाकत १२ रन र मयन यादव ९ रन बनाएर आउट भएपछि जनकपुर २९ रनमै ४ विकेट गुमाएर संकटमा परेको थियो।

कर्णाली याक्सका बलरहरूले आक्रामक बलिङ गर्दै जनकपुरलाई दबाबमा राखेका छन्।

कर्णालीका लागि विलियम बोसिस्टोले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। यस्तै, मार्क वाट र पवन सर्राफले १–१ विकेट हात पारेका छन्।

हाल क्रिजमा सञ्जय कृष्णमूर्ति १० रन र संगीत कोरे ५ रनमा अविजित रहँदै इनिङ्स उकास्ने प्रयासमा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार