https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, मङ्सिर २१ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताएका छन्।

मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडेको बताउँदै उनले अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे।

नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य रहेको उनको भनाइ छ।

‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए,’ पोखरेलले सामाजिक सञ्जालमा लेखे, ‘नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ।

मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो।’

प्रतिक्रिया

सम्बन्धित समाचार