जनकपुरधाम, मंसिर १६ गते। जनकपुरधाम, पेठिया बजार — एकल–प्रयोग हुने प्लास्टिकको अत्यधिक प्रयोगका कारण बढिरहेको प्रदूषणबारे जनचेतना फैलाउने उद्देश्यले आज जनकपुरधाममा साइकल र््याली सम्पन्न भएको छ। ‘Plastic Free Tomorrow’ टोली र ‘नेपाल डेभलपमेन्ट सोसाइटी’को संयुक्त आयोजनामा भएको र््याली पथरिया बजारबाट सुरु भएर शहरका मुख्य क्षेत्रहरू परिक्रमा गर्दै पुनः त्यहीँमा आइ समापन गरिएको हो।
पेठिया बजार जनकपुरधामको सबैभन्दा भीडभाड हुने तरकारी बजारमध्ये एक भएकाले, आयोजकहरूले यही स्थानबाट अभियान सुरु गरेर अधिकतम स्थानीय तथा व्यापारीहरूको ध्यान खिच्न चाहेका थिए।
र््यालीमा ७० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले साइकल चलाउँदै प्ल्याकार्ड एवं नारामार्फत एकल–प्रयोग हुने प्लास्टिकका हानिकारक प्रभाव, वातावरणीय क्षति, स्वास्थ्यमा पार्ने असर तथा प्लास्टिकविहीन बानीको आवश्यकता बारे जनचेतना फैलाए।

र््याली मार्ग:
पेठिया बजार → बरहबिघा → जनक चौक → सोनारपट्टी → महावीर चौक → पुनः पेठिया बजार
र््यालीका क्रममा धेरै स्थानीय बासिन्दा, व्यापारी तथा यात्रुहरूले विद्यार्थीहरूको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै प्लास्टिकको प्रयोग न्यूनीकरणमा आफूहरू पनि सचेत रहने धारणा राखे।
आयोजक टोलीका अनुसार, जनकपुरधाममा प्लास्टिक प्रदूषण नियन्त्रणका लागि जनस्तरबाटै व्यवहारिक परिवर्तन आवश्यक भएकाले यस्ता गतिविधिहरू आगामी दिनमा पनि निरन्तर गर्ने योजना रहेको छ।
र््याली सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै विद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा स्वयंसेवकहरूलाई आयोजकहरूले धन्यवाद प्रकट गरेका छन्।



