https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर १५ गते । बर्दीबास र गौशाला क्षेत्रमा सक्रिय वन तस्करी तथा अतिक्रमण नियन्त्रण गर्न सञ्चालन गरिएको वन गस्तीले ५५ क्युफिट बराबरको काठ, तयारी फर्निचरलगायत सामग्री बरामद गरेको छ ।

सामुदायिक वनको जग्गा अतिक्रमण गरी निर्माण गरिएको अवैध घर पनि भत्काइएको छ । टुटेश्वर सब डिभिजन वन कार्यालयका प्रमुख राकेश विकको नेतृत्वमा खटिएको वन गस्ती टोलीले बर्दीबास–४ स्थित जङ्गली क्षेत्रनजिकको बस्तीमा छापा मार्दै सालका १० क्युफिट बराबर ७ थान ढोकाका चौखट बरामद गरेको छ ।

सूचनाका आधारमा आइतबार अपराह्न पुगेको टोली देखेपछि तस्करहरू चौखट छाडेर फरार भएका थिए । त्यसैगरी गौशाला नगरपालिका क्षेत्रमा बढ्दो वन अतिक्रमणबारे प्राप्त सूचनाका आधारमा गरिएको निरीक्षणको क्रममा गौशाला–८, खाल्टेस्थित शान्ति सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको बेवारिसे घर सोमबार बिहान भत्काइएको सब डिभिजन प्रमुख विकले जानकारी दिए ।

सामुदायिक वनको जग्गामा संरचना निर्माण हुन थालेपछि थप अतिक्रमणको जोखिम बढ्ने हुँदा तत्काल घर हटाइएको उहाँले जनाए । विकको अनुसार अतिक्रमणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।

यसअघि आइतबार राति माईस्थान सब डिभिजन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको कमान्डमा रहेको सशस्त्र वन रक्षकसहितको टोलीले बर्दीबास–४, वरडाँडा क्षेत्रबाट १५ क्युफिट बराबरका ३ थान सालका गोलिया र एक थान हाते आरा बरामद गरेको थियो । सोही रात बर्दीबास–५, टुटेश्वर गाउँको आँपबगैँचाबाट ३५ क्युफिट बराबरका २२ थान सालका गोलिया काठ पनि फेला पारिएको पटेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार